Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतबाट आएका नेपालीहरू जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्दा गौरीफन्टा नाकामा तनाव

भारतबाट आएका नेपालीहरू जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्दा गौरीफन्टा नाकामा तनाव


काठमाण्डौं,चैत १२

कैलालीको (त्रिनगर) गौरीफन्टा नाकामा तनाव उत्पन्न भएको छ । सरकारले देशभरि लागू हुनेगरी लकडाउन गरे पनि भारतमा रहेका नेपालीहरू सीमा नाकाबाट स्वदेश प्रवेश गर्न खोज्दा सीमा नाकामा तनाव उत्पन्न भएको हो । मंगलबार बिहान करिब ७ बजेतिर ठूलो संख्यामा नेपालीहरू गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गर्न खोजेका थिए । तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा उनीहरूलाई नेपाल प्रवेश गर्न दिएको छैन ।नाकाबाट प्रवेश गर्न खोज्नेहरूलाई दशगजा क्षेत्र ९कञ्चनपुरको डोकेबजार०तर्फ रहेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेदेखि नै लागू हुनेगरी जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो भने सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुनेगरी देशभर निषेधाज्ञा जारी गरेको हो । लकडाउन उल्लङ्घन गर्ने ५० भन्दा बढी मोटरसाइकल नियन्त्रणमाकैलालीमा लकडाउन उल्लङ्घन गरी सवारी साधन चलाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले लकडाउन उल्लङ्घन गर्ने ५० भन्दा बढी मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको बताए ।इलाका प्रहरी कार्यालय टिकापुरले निषेधाज्ञा उल्लङ्घन गर्ने ३१ जनालाई विभिन्न स्थानबाट मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनीहरूलाई बजारका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए । नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको छ । साथै देशभरका नेपालीहरूलाई चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते विहान ६ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ । काठमाडौंमा एक जनामा कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले देशलाई लकडाउने गर्ने निर्णय गरेको हो । लकडाउन उल्लङ्घन गरेमा ६ महिनासम्म कैद र ६ सय रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ । लकडाउनको बेला पत्रकारहरूलाई जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था मिलाइएको छ । स्वास्थ्य र सुरक्षाका सवारी साधन सञ्चालन हुन पाउँछन् । यसैगरी औषधि, तरकारी, खाद्यान्न, पानी, दुध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलनका क्षेत्रमा काम गर्ने कर्मचारीहरूलाई लकडाउनमा छुट छ । यस्तै औषधि, स्वास्थ्य उपकरण, खाद्यवस्तु, पानी, दुध र इन्धनसँग सम्बन्धित उद्योग तथा कलकारखाना सञ्चालन हुन पाउँछन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया