Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयुनाइटेड मोदी हाइड्रोपावरको लाभांश पारित

युनाइटेड मोदी हाइड्रोपावरको लाभांश पारित


काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको बिहीबार सम्पन्न ९औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७८-०७९ को सञ्चित मुनाफाबाट ७ प्रतिशत बोनस सेयर (करबाहेक) तथा शून्य दशमलव ३६८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश पारित गरेको हो ।

यस्तै कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा सम्पन्न साधारणसभाले अमित पाण्डेलाई चार वर्ष कार्यकालका लागि कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । साथै सभाले २०७९/०८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक समेत निर्धारण गरेको छ । सभाले अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नुपरेमा सञ्चालक समितिलाई अख्तियारी दिएको छ भने कम्पनीको पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

साधारणसभामा बोल्ने अधिकांश सेयरधनीहरुले यस्तो आर्थिक मन्त्रीमा भर्चुअल माध्यमबाट साधारणसभा गरी कम्पनीको खर्च कटौती गरेकोमा सञ्चालक समितिलाई धन्यवाद दिएका थिए ।
यस्तै सेयरधनीहरुले आगामी आर्थिक वर्षहरुमा लाभांश बढाउन आग्रह सेमत गरेका छन् । कम्पनीका अध्यक्ष पन्तले आगामी दिनमा सेयरधनीलाई लाभांश बढाउने कार्यमा आफू र आफ्नो टिम लागि पर्ने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12


तपाईको प्रतिक्रिया