डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० ले घट्यो
काठमाण्डौं,चैत २०
अन्तर्राष्ट्रिय बजारमा तेलको माग घटेपछि मूल्य पनि घटेको छ । कोरोना भाइरसको कारण विभिन्न देशहरुले लकडाउन गर्नुको साथै आवतजावत घटेपछि तेलको माग ह्वात्तै घटेको छ । सोही कारण अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेको हो । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० का दरले घटाएको छ । भारतीय आयल कर्पोरेशनले पठाएको मूल्यसूची अनुसार निगमले मूल्य घटाएको हो ।
निगमले डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर ८५ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर ९६ तोकेको छ । हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर १५ ले मूल्य समायोजन गरिएको छ । निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ७५ रुपैयाँ तोकेको छ । यस्तै बाह्य उडानतर्फ हवाइ इन्धनको मूल्य शून्य दशमलव ९५ अमेरिकी डलर तोकिएको निगमले जनाएको छ । एलपी ग्यासको मूल्य हाललाई
यथावत् राखिएको निगमले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया