काठमाडौंबाट दुबई उडेको जहाजमा चरा ठोक्किए पनि सकुशल अवतरण
काठमाडौं , सोमबार राति फ्लाई दुबईको एफजेट ५७६ उडान नम्बरको जहाजमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उड्नेबित्तिकै चरा ठोक्किएको छ । विमानस्थलबाट राति ९ बजेर २३ मिनेटमा उडेको विमानमा काठमाडौंको आकाशमै चरा ठोक्किएको विमान कम्पनीका प्रतिनिधिले बताएका हुन् ।
दुबईको एक सञ्चारमाध्यम द न्याशनलन्युजसँग कम्पनीका प्रतिनिधिले भनेका छन्, ‘फ्लाईदुबईको एफजेट ५७६ उडान काठमाडौं विमानस्थलबाट उड्नेबित्तिकै चरा ठोक्किएको थियो । सबै मापदण्ड अनुसरण गरी उडानलाई निरन्तरता दिइएको हो ।’
जहाज उडेलगत्तै राति काठमाडौंको आकाशमा विमानको अघिल्तिर इन्जिन विस्फोट भएजस्तो उज्यालो देखिएको थियो । उक्त फुटेज सामाजिक सञ्जालमा भाइरल बनेका छन् । त्यसलगत्तै काठमाडौंमै विमानलाई आकस्मिक अवतरण गराउने प्रयास गरिएको थियो ।
सो क्रममा विमानले काठमाडौंको आकाशमा निकै बेर फन्को मारेपछि विमान गन्तव्यतर्फ नै सोझिएको थियो । त्रिभुवन विमानस्थलका प्रमुख प्रतावपबाबु तिवारीका अनुसार चालकदलले समस्या समाधान भएकाले गन्तव्यतर्फ नै उडेको जानकारी गराएका थिए । त्यसअघि नै विमानस्थलले विमानको आकस्मिक अवतरणको लागि सम्पूर्ण तयारी गरिसकेको थियो । दुबई उडेको उक्त विमानमा १७५ जना यात्रु रहेका थिए ।
विमानमा समस्या भएको देखिएपछि आकस्मिक अवतरणका लागि अन्य आधा दर्जन बढी विमानहरुलाई काठमाडौंकै आकाशमा ‘होल्ड’ गराइएको थियो । फ्लाई दुबईको विमान दुबईतर्फ नै गएपछि पर्खिरहेका विमानहरुलाई क्रमशः अवतरण गराइएको विमानस्थलले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया