काठमाडौं । सरकारले अर्थ मन्त्रालयलगायत केही सचिव परिवर्तन गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सचिवमा अर्जुनप्रसाद पोखरेललाई ल्याएको छ ।
अर्थका सचिव तोयम रायालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे बुधबार मात्र नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए ।
बजेट निर्माण प्रक्रिया धमाधम चलिरहेको बेला अर्थमा सचिव परिवर्तन गरिएको छ । राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालालाई प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालयमा डिल्लीराम शर्मा, सुमन अर्याललाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सरुवा गरिएको छ ।
आइतबारदेखि बजेट अधिवेशन
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन यही वैशाख २४ गते आइतबार बस्ने तयारी भएको छ । सरकारले अधिवेशन यही वैशाख २४ गते आइतबार आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कारण बजेट अधिवेशनले चिनिने बर्खे अधिवेशन आइतबार सुरु हुनलागेको हो ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैगरी बैठकले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही छ लाख र अन्य टिम अफिसियललार्ई जनही तीन लाख रुपैयाँ प्रोत्साहनस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
- नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुन्छ : ओली
- रियलमीद्वारा नार्जो एन–५३ र नार्जो एन–५५ सार्वजनिक
- ‘भिभो ५जी टक’ कार्यक्रम
- टेलिकमको नयाँ सेवा
- छत्रपाटी निशुःल्क चिकित्सालयको सचेतना -याली
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया