काठमाडौं,स्वस्तिक रोलिङ मिल्सले सुनसरीको इटहरी र मोरङ्गको बिर्तामोडमा ‘कन्ट्रयाक्टर मिट’ कार्यक्रम गरेको छ । कम्पनीले गत वैशाख २९ गते सुनसरीको इटहरीमा र जेठ ३ गते बिर्तामोडमा ‘कन्ट्रयाक्टर मिट’ कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा दुवै स्थानमा गरी एक सय ७० जना निर्माण व्यवसायीको सहभागिता थियो ।
कार्यक्रममा उद्योगका महाप्रबन्धक रमण आचार्यले स्वस्तिक रोलिङबाट उत्पादित फलामे डन्डीका प्रकार, गुणस्तर र प्रयोगका बारेमा जानकारी दिएका थिए । महाप्रबन्धक आचार्यले अहिले नेपालमा देखिएका सबै फलामे डन्डीभन्दा स्वस्तिकका डन्डीहरू बढी गुणस्तरीय भएको बताए । इन्जिनियर कृष्ण पोखरेलले प्राविधिक मापदण्डअनुसार फलामे डन्डीको प्रयोग कसरी गर्ने ? र के–के कुरामा ध्यान दिने भन्ने विषयमा चर्चा गरेका थिए । उनले बजरङ्ग ब्रान्डका फलामे डन्डीहरू नै नेपालमा सबैभन्दा टिकाउ, गुणस्तरीय र भरपर्दो रहेको दाबी समेत गरेका थिए ।
यस्तै, कम्पनीले सुनसरी–मोरङ्ग औद्योगिक क्षेत्रअन्तर्गत दुहबी नगरपालिका वडा नम्बर १ परास्टोकीमा स्वस्तिक रोलिङ्ग मिल सञ्चालनमा आएको छ । उद्योगले हालै व्यावसायिक उत्पादन सुरु गरेको छ । स्वस्तिक रोलिङ्गमा दुई अर्ब ५० करोडको लगानी रहेको कम्पनीको भनाइ छ । स्वस्तिक रोलिङ्गले बिलेटको पनि व्यावसायिक कारोबार गर्ने गरेको छ । बिलेटबाट उद्योगले “बजरङ्ग” ब्रान्डमा टीएमटी छड, बिलेट, एङ्गल, च्यानल र आई बिमको उत्पादन गरिरहेको छ ।
एङ्गल, च्यानल र आई बिमको प्रयोग साना–ठूला सबैखाले घर बनाउन, घरमा ट्रस हाल्न, विद्युत् प्रसारण लाइनको टावर बनाउन, साना–ठूला सेड बनाउनेलगायत विविध प्रयोजनमा गरिने कम्पनीले जनाएको छ । स्वस्तिक रोलिङ्गको उत्पादन “बजरङ्ग” ब्रान्डको टीएमटी छडले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिह्न प्राप्त गरिसकेको छ । उद्योगको उत्पादन–क्षमता प्रतिदिन ५०० टन रहेको छ । उद्योगको सबैभन्दा बढी ध्यान टीएमटी उत्पादन र बिक्री–वितरणमा रहेको कम्पनीले जनाएको छ । टीएमटीको रेस्पोन्स र प्रतिक्रिया सबैतिरबाट राम्रो आएको कम्पनीले जनाएको छ ।
उद्योगले ७ एमएमदेखि ३२ एमएमसम्मका टीएमटी छडको उत्पादन गर्ने गरेको छ । उद्योगले उत्पादन गरेको टीएमटी छडको ग्रिपिङ्ग उच्चस्तरको भएकाले यसले मसला बलियो गरी समात्न सक्ने कम्पनीको दाबी छ । “बजरङ्ग” ब्रान्डका टीएमटी छड अन्य ब्रान्डका टीएमटीको तुलनामा बढी लचकदार छन् । स्वस्तिक रोलिङ्ग मिलमा उत्पादित “बजरङ्ग” ब्रान्डको टीएमटी छडको प्रयोग ठूलाठूला जलविद्युत् आयोजना, सडक, बहुतल्ले भवन, पुलपुलेसा र सबै खाले प्रोजेक्टमा गरिँदै आएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया