Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमाओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने

माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने


विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिने निर्णय गरेको छ । एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को बैठकले आजै फिर्ता लिने निर्णय गरेको हो ।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् । बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि दिएको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताए ।

प्रदेश कार्यालयको बैठकले पार्टी प्रदेश अध्यक्ष नेम्वाङको नेतृत्वमा सरकार गठनका लागि छलफल गर्न समिति बनाउने निर्णय गरेको हो । आजकै मितिबाट एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको छ ।

पार्टीको निर्णयपछि संसदीय दलको बैठक बसेर आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभालाई गराउने माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया