Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोना आंशकामा सोलुखुम्बुका दुई जना आईसोलेसनमा भर्ना

कोरोना आंशकामा सोलुखुम्बुका दुई जना आईसोलेसनमा भर्ना


सोलुखुम्बु, वैशाख २६
सोलुखुम्बु सोताङ गाउँपालिकाकी एक युवतीमा कोरोना आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ । करिब एक हप्ताअघि उदयपुरबाट सोताङ आएकी २८ वर्षीया युवतीमा आरडीटी परीक्षण पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कर्मचन्द राजवंशीका अनुसार बुधबार गरिएको आरडिटीमा रिपोर्ट पोजेटिभ देखिएकोे हो । उदयपुरबाट परिवार सहित फर्किएकी युवतीलाई सुरुदेखि नै क्वारेन्टिनमा राखिएको थियो ।

उनलाई अहिले सोताङ गाउँपालिकाले निर्माण गरेको आईसोलेसन वार्डमा राखिएको छ । योसँगै जिल्लामा आइसोलेसनमा राखेर उपचार गराउनेको संख्या २ पुगेको छ । सोताङमा देखिएको बिरामीको स्वाब संकलनका लागि ओखलढुंगा जिल्ला अस्पतालकबाट प्राविधिक टोली सोताङ पुगेको सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी टेकुनन्द इवा लिम्बुले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुको टोली लिखुपिकेका युवामा पनि आरडिटि पोजेटेभि देखिएपछि त्यता खटिएकाले सोताङमा ओखलढुंगाबाट ल्याब टेक्निसियनसहितको टोली झिकानुपरेको बताइएको छ ।

जिल्लाको लिखुपिकेमा पनि मगंलबार एक युवकको आरडीटी रिपोर्ट शकांस्पद देखिएको थियो । जिल्लाबाट गएको टोली लिखुपिके पुगेर स्वाब सकंलननको कार्य गरेको गाउँपालिकाले जनाएको छ । उनीहरूको स्वाब परीक्षणका लागि धरान पठाइने जिल्ला स्वास्थ कार्यालय सोलुुखम्बुले जनाएको छ । स्वाब सकंलन गर्ने जिल्लामा एक जना मात्रै दक्ष जनशक्ति हुँदा समस्या भएको बताइएको छ । एकै पटक दुई स्थानमा संकास्पद बिरामी भेटिएपछि छिमेकि जिल्लाबाट टोली बलाउनु पर्ने अवस्था आएको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया