Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसल्लेरीमा चहलपहल बढ्यो

सल्लेरीमा चहलपहल बढ्यो


महेन्द्र शाही
सोलुखुम्बु, वैशाख ३०
सोलुखुम्बु सदरमुकाम सल्लेरी बजारमा चहलपहल बाक्लिएको छ । लकडाउनपछि प्रायः सुनसान देखिएको सल्लेरी बजार क्षेत्रमा अहिले सवारी साधन तथा मानिसहरूको भीड बाक्लिएको स्थानीयले बताएका छन् । लकडाउनको सुरुवाती चरणमा मानिसहरू घरभित्र बसेपनि पछिल्लो समय बाहिर निस्कने क्रम बढेको भन्दै सम्बन्धित निकायले ध्यान दिनुपर्ने सल्लेरीका मिङमार शेर्पाले बताए । नेपाल सरकारले केही कार्यालय खोल्न भनेपछि सदरमुकामा चहलपहल पढेको हो ।

लकडाउनको सुरुवाती दिनहरूमा बाहिर निस्कनै परेमा मास्क लगाएर निस्किएपनि अहिले विनामास्कनै निर्बाधरूपमा आवतजावत गर्न थालेको अर्का स्थानीय सृजना तामाङको भनाइ छ । अतिआश्यकबाहेकका कामका लागि समेत मानिसहरूनिर्बाधरूपमा सवारी साधन लिएर हिँडिरहदा त्रास बढेको स्थानीयको गुनासो छ ।देशमा कोरोना सक्रंमितको संख्या लगातार बढिरहेकाले लकडाउनलाई व्यवस्थित बनाई उच्च सतर्कता अपनाउनुको विकल्प नभएपनि सोलुखुम्बुु प्रशासन मौन बसेको स्थानीयको भनाइ छ । अन्य जिल्लामा लकडाउनको पूर्णरूपमा पालना भएपनि सोलुखुम्बु प्रशासन यसमा चुकेको उनीहरूको भनाइ छ । यसले गम्भीर परिणा पनि आउनसक्ने भन्दै समयमै ध्यान दिन स्थानीयले माग गरेका छन् ।

यता सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले आइतबार बैंकिङ कोरोबारका लागि मानिसहरूको चहलपहल केही बाक्लिएको स्वीकार गरिन् । शनिबार सार्वजनिक बिदाको पहिलो दिन भएकाले पनि आइतबार केही बढी मानिसको आवतजावत भएको उनको भनाइ छ । तर, सोमबार पनि आवतजावत भने कम हुन सकेको छैन् । स्थानीयको समस्यालाई मध्येनजर गर्दै केही सहज वातावरण सृजना गरेको भएपनि सामान्य कार्यका लागि समेत सवारी साधन लिएर बजार डुल्ने गरेकाले यसलाईब्यवस्थित गरिने शाहीको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया