Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘लकडाउन’मा विदेशी मदिरा भित्रियो

‘लकडाउन’मा विदेशी मदिरा भित्रियो


सन्तोष पौडेल
वीरगञ्ज जेठ १२
लकडाउन अवधिमा सरकारले स्थानीय प्रशासनलाई अत्यावश्यक वस्तु मात्र भन्सारबाट भित्र्याउन आदेश दिएकोमा अहिले वीरगञ्ज सुक्खा बन्दरगाहबाट धमाधम विदेशी मदिरा काठमाडौं पठाउने कार्य भइरहेको छ । वीरगञ्ज सुक्खा बन्दरगाहमा लकडाउन अगाडिदेखि सञ्चय गरिराखेको विदेशी मदिरा अहिले ग्लोबल ट्रेडिङ कन्सर्नको नाममा वीरगञ्जबाट काठमाडौं पु-याइएको छ । लकडाउनमा सरकारले खाद्य वस्तुको मात्र आयात इजाजत दिएको र विदेशी मदिरा आयातमा पूर्णतया रोक लगाएकोमा सुक्खा बन्दरगाहबाट विदेशी मदिरा अत्यावश्यक वस्तुको सूचीमा राखेर पठाइएकोमा धेरैले आश्चर्य मानेका छन् ।

निषेधाज्ञा हटेपछि स्थानीय प्रशासनले लकडाउनलाई कडाइका साथ पालना गर्ने भन्दै भन्सार अधिकृतलाई नै भन्सारसम्बन्धी कारोबारको जिम्मेवारी सुम्पेको थियो । भन्सार अधिकृतको जिम्मामा आएपछि सरकारले निषेध गरेको मदिरा पठाइएको हो । सुक्खा बन्दरगाहमा अहिले ३५ वटा कन्टेनरभन्दा बढी विदेशी मदिरा सञ्चित छ । तीमध्ये ग्लोबल ट्रेडिङ कन्सर्नको नाममा केही कन्टेनर काठमाडौं पठाइएको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया