Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुखुम्बुका विभिन्न स्थानमा देखियो सलह

सोलुखुम्बुका विभिन्न स्थानमा देखियो सलह


सोलुखुम्बु, असार २३
हिमाली जिल्ला सोलुखुम्बुमा पनि सलह देखिएको छ । जिल्लाको विभिन्न स्थानमा सलह देखिएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । सोलुखुम्बुको सोताङ, महाकुलुङ र लिखुपिके गाउँपालिकामा सहल देखिएको कृषि ज्ञानकेन्द्रका निमित्त प्रमुख कुल बहादुर राईले जानकारी दिए । जिल्लाकका विभिन्न स्थानमा देखिएको झुण्ड सलह नै भएको पुष्टि भएको उनको भनाइ छ । भारतबाट प्रवेश गरेको सलहले अहिलेसम्म क्षति भने नगरेको राईको भनाइ छ ।

जिल्लाको सोताङ गाउँपालिकामा वडा नम्बर ५ को खबुवा भन्ने स्थानमा सहलको भुण्ड देखिएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका बाली संरक्षण अधिकृत बवि बस्नेतले बताए । स्थानीयहरुले पनि १२–१४ वटाको समूहमा सलह देखिएको बताएका छन् । तर यसले बालीमा अहिलेसम्म कुनै क्षति नपु-याएको स्थानीयको भनाइ छ । जिल्लाको विकट क्षेत्र लिखुपिके गाउँपालिका वडा नम्बर ५ भकान्जेमा पनि सलहको झुण्ड देखिएको स्थानीयको भनाइ छ । करिब १० देखि १५ वटाको समूहमा सलह देखिएको कृषि ज्ञान केन्द्रको भनाइ छ ।

त्यस्तै वडा नम्बर ४ पनि ३० वटाको समूहमा सलह देखिएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले बताए । अहिलेसम्म बालीमा क्षति पु-याएको विषयमा गाउँपालिकामा समेत स्थानीयले कुनै गुनासो नगरेको अध्यक्ष बस्नेतको भनाइ छ । सलह किराको रोकथामका लागि कृषि ज्ञान केन्द्र सोलुखुम्बुले स्थानीय तहसँग समन्वय गरिरहेको निमित्त प्रमुख राईको भनाइ छ । सबै स्थानीय तहमा फोकल पर्सन तोकेर काम भइरहेको उनको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया