Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुखुम्बुबाट १४ लाख ६५ हजार नगदसहित ४ जना जुवाडे पक्राउ

सोलुखुम्बुबाट १४ लाख ६५ हजार नगदसहित ४ जना जुवाडे पक्राउ


महेन्द्र शाही
सोलुखुम्बु, साउन १५
जिल्लाको सोताङबाट १४ लाखबढी नगदसहित ४ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बुको नेतृत्वमा खटिएको टोलिले जुवा खेलिरहेको अवस्था उनीहरूलाई रङ्गेहात पक्राउ गरेको हो ।

सोताङ गाउँपालिका वडा नम्बर ५ को सिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेको अवस्थामा १४ लाख ६५ हजार नगदसहित मंगलबार अपराह्न पक्राउ गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा सोताङ गाउँपालिका २ का दुर्गाप्रसाद राई, वडा नम्बर ४ का अर्का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका ७ देउसाका दिपक किराँती र फ्रेमराज खत्री रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूको साथबाट कृषि विकास बैंकको २९ लाखको चेकसमेत बरामत गरिएको प्रहरीको भनाइ छ । सार्वजनिक मुद्दाको लागि सिडियो कार्यालयमा उपस्थित गराउने तयारी भएको प्रहरीको भनाइ छ । जिल्लामा यति ठूलो परिणाममा जुवाको खालबाटै प्रक्राउ परेको यो पहिलो घटना भएको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया