Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसाढे चार हजारलाई रोजगारी

साढे चार हजारलाई रोजगारी


मनिष खड्का
रुकुमपश्चिम, साउन १६
रुकुमपश्चिममा आर्थिक वर्ष २०७६/७७ मा साढे चार हजार बढीले रोजगारी पाएका छन् । संघीय सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत जिल्लाका साढे चार हजार बढी बेरोजगारले केही दिनको रोजगारी पाएका हुन् । एक आर्थिक वर्षमा कम्तीमा १ सय दिनको रोजगारीमा सहभागी नभएका बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार अर्थात् कम्तीमा १ एक सय दिन रोजगारी उपलब्ध गराउने उद्देश्यले ल्याइएको प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत जिल्लामा बेरोजगारले बढीमा २० देखि २५ दिनसम्मको रोजगारी पाएका छन् । खानेपानी, भवन, शौचालय, खेलमैदान, गारेटो बाटो, सडक मर्मतसहित क्वारेन्टिन निर्माणसम्ममा बेरोजगारलाई रोजगारी दिइएको छ ।

स्थानीय तहले छनोट गरेका बेरोजगारमध्ये प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत एक वर्षमा जिल्लाभरमा दुई हजार ४ सय १३ र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत दुई हजार २ सय ६७ गरी कूल चार हजार ६ सय ८० जनाले काम पाएका हुन् । मुसिकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ४ सय ५० र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट २ सय ८३, चौरजहारी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १ सय ३ र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट २ सय ८७ तथा आठबीसकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ३ सय र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट २ सय बढीले रोजगारी पाएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया