Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविपन्न परिवारलाई युनेस्कोको सहयोग

विपन्न परिवारलाई युनेस्कोको सहयोग


बाँके, साउन १६
कतार च्यारिटीको आर्थिक सहयोगमा बाँके युनस्को क्लबले जिल्लाका विभिन्न स्थानका अतिविपन्न परिवारलाई आर्थिक समृद्धि र जीविकोपार्जनका लागि बाख्रा र कुखुराका चल्ला वितरण गरेको छ । क्लबले एक औपचारिक कार्यक्रम आयोजना गरी जिल्लाका नेपालगन्ज उपमहानगर, खजुरा, राप्तीसोनारी र जानकी गाउँपालिकाका १५ अतिविपन्न परिवारलाई जिविकोपार्जनका लागि ९ लाख ३९ हजार ७५ रुपियाँ बराबरको बाख्रा र कुखुराका चल्ला वितरण गरेको हो ।

गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह र क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले विपन्न परिवारलाई बाख्रा र चल्ला वितरण गरेका हुन् । सो अवसरमा जीविकोपार्जनका लागि बाख्रापालन परियोजना अन्तर्गत १० विपन्न परिवारलाई प्रतिपरिवार ५ वटा पाठी बाख्रा र एउटा बोको गरेर ६ लाख ८५ हजारको वितरण गरिएको क्लबका संरक्षक सिद्दिकीले बताए ।

उनले जीविकोपार्जनका लागि साना किसान सहायता परियोजनाअन्तर्गत कुखुरापालन कार्यक्रमबाट ५ वटा विपन्न परिवारलाई प्रति परिवार सयवटा कुखुराका चल्ला, २ क्विन्टल दाना, ३ वटा पानी खुवाउने फिडर र ३ वटा वाटर ड्रम गरेर २ लाख ५४ हजार ७५ रुपैयाँको वितरण गरिएको बताए । राप्तीसोनारी गाउँपालिका ७ का पाँच परिवारलाई कुखुरापालनका लागि चल्ला लगायत अन्य सामाग्री वितरण गरिएको थियो भने राप्तीसोनारी ७ कै ३ परिवार, नेपालगन्ज उपमहानगरका ३ परिवार, खजुराका ३ परिवार र जानकी गाउँपपालिकाका १ परिरवार गरेर १० परिवारलाई बाख्रा र बोका वितरण गरिएको क्लबले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया