सुवास बस्नेत
दोलखा, पुस ९
सिक्किम विकलाङ्गसेवा समाजको नाममा दोलखाको शैलुङ गाउँपालिकामा सहयोग गर्दै आएका दाता नै ४० लाख रूपैयाँ ठगी गरेर भागेका छन् । सहगोगी दाता बनेर आएका, आफूलाई सिक्किम विकलाङ्ग सेवा समाजको अध्यक्ष भन्ने दीपक गौतमले गाँउपालिका अध्यक्षसहित स्थानीयलाई ठगी गरेर भागेको पाइएको हो ।
शैलुङ गाउँपालिकाका प्रमुख भरत दुलाललाई नै गौतमले ठगेको घटना जिल्ला प्रहरी कार्यालय दोलखामा पुग्दा सार्वजनिक भएको हो । सुरुमा गौतमले पालिकाभित्र विभिन्न कार्यक्रमहरू दिएर सहयोग गरेका थिए । गौतमले पालिकाभित्र भारत सरकार र सिक्किम विकलाङ्ग सेवा समाजको सहयोगमा भन्दै केही रकमको सामग्री स्थानीयवासी र विद्यालयलाई हस्तान्तरण समेत गरेको थिए । विद्यालय तथा समुदायलाई सहयोग सामग्री दिएर स्थानीयलाई आर्कषित बनाएका उनले केही समयपछि स्थानीयसँग सापटी तथा ऋण भन्दै पैसा उठाउन थाले ।
लामो समयदेखि गाउँपालिका प्रमुख र उपप्रमुखसँग हिँडेर सहयोग सामग्री हस्तान्तरण गर्दै आएका गौतमलाई केही स्थानीयले विश्वास गरेर उनलाई ऋण सापटी रकम दिएको स्थानीय नेत्र मोक्तानले बताए । गौतमले विभिन्न विद्यालय, व्यक्ति र त्यहाँका जनप्रतिनिधिहरूसँग ४० हजारदेखि तीन लाख रूपैयाँसम्म रकम संकलन गरी करिब ४० लाख रूपैयाँ रकम उठाएर फरार भएको स्थानीयहरू बताउँछन् । गौतमले पालिका उपप्रमुखकै श्रीमान् प्रधानाध्यापक रहेको कल्लाबारी माविका प्रअ चन्द्रलाल घिसिङलाई समेत विद्यालयलाई सहयोग गर्ने भन्दै ५० हजार रकम लिएर गएको उपप्रमुख लालमाया योञ्जनले बताइन् ।
गौतमले स्थानीयहरू र पालिकालाई नै ठगेर हिँडेपछि गाउँपालिकामा रुवावासी चलेको छ । गौतमले पालिकाले भाडामा व्यवस्था गरिदिएको गाडी समेत लिएर फरार भएका छन् । गौतमलाई पालिकाले भाडामा गाडीको व्यवस्था गरिदिएको थियो । गाडीधनीले जिल्ला प्रहरी कार्यालय दोलखामा गाडी हराएको निवेदन दिएपछि घटना सार्वजनिक भएको हो । गौतमले पालिकाभित्रका तीनजना व्यक्तिलाई समेत जापान लैजान्छु भन्दै तीन/तीन लाखका दरले नौ लाख रूपैयाँ ठगेर लगेको पीडितहरूले गुनासो गरेका छन् ।
स्थानीयहरूका अनुसार उनले सोही गाउँपालिकाको एक विद्यालयको बाल कक्षाकी शिक्षिकालाई समेत सँगै लिएर फरार भएका छन् । शिक्षिकाको समेत खोजीकार्य भइरहेको विद्यालयका प्रधानाध्यापकले बताए । विद्यालयका प्रअ, स्थानीय समाजसेवी, बुद्धिजीवीलगायतको गरी गौतमले करिब ४० लाखभन्दा माथिको रकम र बोलेरो गाडी लिएर फरार भएको स्थानीयहरूको भनाइ छ । पालिका प्रमुख दुलालले भने यस विषयमा कुरा गर्दा यस घटना मिडियामा लैजान नहुने भन्दै प्रतिक्रिया दिन मानेन् । स्रोतका अनुसार पालिका प्रमुख दुलालको समेत रकम लिएर गौतम फरार भएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया