Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभीमदत्तमा विद्युतीय प्रणालीबाट नक्सा पास हुने

भीमदत्तमा विद्युतीय प्रणालीबाट नक्सा पास हुने


धन बहादुर जप्रेल
कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले विद्युतीय (ईबीपीएस) प्रणालीबाट नक्सा बनाउने भएको छ । आउँदो १ कात्तिकदेखि बनाइने नयाँ नक्सा विद्युतीय (ईबीपीएस) विधिबाट बन्ने भएका छन् । यसअघि नगरपालिकाले कागजी प्रणालीबाट नक्सा स्वीकृत गर्दै आएको थियो । अबदेखि नगरपालिकाले विद्युतीय नक्सा स्वीकृत गर्ने भएको हो ।

भूमि व्यवस्थापन तथा भवन नियमन शाखाले कागजरहित नक्सापास गर्ने भएको छ । भूमि व्यवस्थापन तथा भवन नियमन शाखाका प्रमुख इन्जिनियर दिपेन्द्र प्रसाद जोशी विद्युतीय प्रणाली अनलाइनमार्फत नक्सापासका लागि सेवाग्राहीले आवेदन गर्नुपर्ने बताए । ‘पहिले सेवाग्राही फाइल बोकेर कार्यालय आउनुपर्ने बाध्यता थियो’, उनले भने, ‘अहिले त्यो हटेको छ, कन्सल्टेन्सीमार्फत सेवाग्राहीका सम्पूर्ण कागजात सब्मिट गराएर इमेल गर्ने हो ।’

भवन मापदण्ड संहिता अनुरुप भए नभएको कार्यालयबाट अनुगमन गरेर नक्सा स्वीकृत गरिने इन्जिनियर जोशीले बताए । ‘सम्पूर्ण कारोबार अनलाइनमार्फत हुन्छ’, उनले भने, ‘अब पहिलेजस्तो सेवाग्राहीले झन्झट खेप्नुपर्दैन सबै कर्मचारीले गर्ने हुन् ।’ देशभरका आठ स्थानीय तहमध्ये अनलाइनबाट नक्सापास गराउने भीमदत्त नगरपालिका नवौँ स्थानमा पर्दछ । इन्जिनियर गोरख बहादुर सिंहले अनलाइनबाट नक्साका लागि आवेदनसँगै सेवाग्राहीलाई सहज हुने बताए । १९ वडा रहेको भीमदत्त नगरमा सडक सञ्जालको विस्तार गरिने बताए । सर्वेक्षक विकास मल्लिकले नगरपालिकाभित्र रहेका सबै सडकको नक्सांकन भइरहेको बताए ।

भीमदत्त नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टले प्राविधिक रुपमा कार्यालयको सेवा विस्तारमा सुरुवातका दिनमा समस्या आएपछि पछि सुुधार हुने बताए । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले सूचना र प्रविधिको भरपूर उपभोग गरेर अनलाइन विधिमार्फत कामकाज सुरुवात गरिएको बताए । ‘अहिलेको युग, समय परिस्थितिअनुसार हामीले कागज हटाएर अनलाइन विधि अघि सारेका हौँ’, मेयर विष्टले भने, ‘यसबाट सेवाग्राहीलाई नै बढी सुविधा दिलाइन्छ ।’

वडास्तरमा सचेतनाका अभियान सञ्चालन गरेर अनलाइनलाई प्रभावकारी बनाइने मेयर विष्टले बताए । ‘अनलाइनबाट कामकाज सुरु गर्दा डाटा पनि सहज खोज्न सकिन्छ, हराउँदैनन्’, उनले भने, ‘यो विधिबाट जति अभ्यास गरियो, त्यति सेवाग्राही लाभान्वित हुनेछन् ।’ कार्यालयले पेपरलेस बनाएर अनलाइनबाटै अन्य कामकाज समेत अघि बढाइने मेयर विष्टले बताए । कर्मचारी, प्राविधिक एव सेवाग्राहीको क्षमता अभिवृद्धि एवं सचेतनामुलक कार्यक्तम सञ्चालन गरिने बताए । अन्य सेवा समेत अनलाइनविधिबाटै विस्तार गरिने मेयर विष्टले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया