Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगहवामाई मन्दिर बन्द, मन्दिरबाहिर भक्तजनको भीड

गहवामाई मन्दिर बन्द, मन्दिरबाहिर भक्तजनको भीड


पर्सा ।
कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि वीरगञ्ज महानगरपालिकामा रहेको गहवामाई मन्दिरको बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले चाडपर्वको बेला मन्दिरवरपर भीड हुने हुँदा संक्रमण फैलिने भन्दै गहवामाई मन्दिरको मूल गेट बन्द गरेको छ । मन्दिरको मूल गेट बन्द भए पनि मन्दिर दर्शनको लागि भक्तजनहरूको भने भीड लाग्ने गरेको छ । मन्दिरका दर्शन गर्न आउनेहरू बाहिरबाट नै दर्शन गरेर फर्किने गरेका छन् । मन्दिर बन्द गराएको भन्दै केही भक्तजनहरूले भने असन्तुष्टी जनाएका छन् ।

सरकारको राजस्व तिर्नको निम्ति विभिन्न सरकारी कार्यालयहरूमा कर बुझाउन जाँदा कोरोना नलाग्ने, भिडभाडमा भक्तजनहरू लाइनबद्ध खडा हुँदा कोरोना नलाग्ने तर मन्दिरको मूल गेट खोलिँदा कोरोना लाग्ने भन्दै भक्तजनहरूले असन्तुष्टी व्यक्त गरेका हुन् । नेपालीहरूको महान चाड बडा दशैँको घटस्थापना शुभारम्भ हुनसाथ नवरात्री सुरु भए पनि गहवामाई मन्दिरमा भक्तजनहरू पूजापाठ गर्न पाएका छैनन् ।

वीरगञ्ज सहरमै कात्तिक १ गतेदेखि लाग्न गइरहेको व्यापार मेलाको निम्ति स्वीकृत समेत गरिसकेको जिल्ला प्रशासन कार्यालय पर्साले गहवामाई मन्दिरको ढोका बन्द गर्नु दुर्भाग्यको विषय रहेको भक्तजनहरू बताउँछन् । व्यापार मेलामा कोरोना नसर्ने तर मन्दिरमा सर्ने आदेशले सरकारको नीतिमाथि नै प्रश्ण चिह्न खडा भएको भक्तजनहरूले आरोप लगाएका छन ।

स्थानीय अर्का भक्तजनका अनुसार मन्दिरबाहिर लागेको लाम्बद्ध लाइनले कोरोना नसर्ने भनेको पनि होइन । तर आन्तरिक हिसाबमा पनि आफैँ सचेत हुनु पर्ने बताए । प्रमुख जिल्ला अधिकारीले फरकफरक ठाउँहरूमा उभिएर दर्शन गर्न पाउने प्रावधान बनाउनुपर्ने थियो तर त्यस्तो नभएकोमा उनले दुःख व्यक्त गरे । भिडभाड हुन नदिन मन्दिर बन्द गरेको जिल्ला प्रशासन कार्यालय पर्साले मन्दिरबाहिर लागेको भीडलाई भने नियन्त्रण गर्न सकेको छैन ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया