Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधव्यापार चिन्ह कार्यान्वयनमा कठिनाइ

व्यापार चिन्ह कार्यान्वयनमा कठिनाइ


काठमाडौं ।
नेपाली अलैँची चिनाउन चार वर्षअघि बनेको व्यापार चिह्न अझै कार्यान्वयनमा आउन सकेको छैन । सरकारले विसं २०७३ असार १९ गते जारी गरेको ट्रेडमार्कलाई केही समयअघि मात्रै पाकिस्तानले स्वीकृति जनाएको थियो । स्वीकृतिपछि पाकिस्तानमा व्यापार चिह्न लगाएर अलैँची लग्न सकिने भए पनि विविध कारणले लगिएको छैन । भारत–पाकिस्तानबीचको द्वन्द्वका कारण नेपालमा व्यापार चिह्नसहितको अलैँची पाकिस्तान लैजान नसकिएको व्यवसायी बताउँछन् । सरकारले लोगो जारी गरेलगत्तै भारत, पाकिस्तान र यूएईमा दर्ता प्रक्रिया अघि बढाइएको थियो । एक वर्षअघि नै पाकिस्तानबाट लोगो स्वीकृत भएर आयो भने अन्य देशबाट आएको छैन ।

‘कूटनीतिक कदम व्यापक बनाउनुपर्छ । हाम्रो कूटनीतिक कदम सुस्त भएकाले समस्या भएको हो’, अध्यक्ष कार्कीले भने– ‘पाकिस्तानसँग भने व्यापार गर्दा भारतलाई समेत सन्तुष्ट बनाएर गर्नुपर्ने हुन्छ ।’ सरकारले कूटनीतिक पहल गरेमा केही सहज हुने अध्यक्ष कार्कीको भनाइ छ । चार वर्षअघि सरकारले ‘एभरेस्ट विग कार्डिमम’ नामक व्यापार चिह्न जारी गरेको छ । व्यापार चिह्न कार्यान्वयनपछि अलैँचीमा सुधार गरेर विदेश निर्यात गर्न अलैँचीलाई तीन गुणस्तरमा वर्गीकरण गरिएको छ ।

सबैभन्दा गुणस्तरीय अलैँचीलाई जेम्बो जेट(जेजे), मध्यम गुणस्तरीय अलैँचीलाई स्टेन्डर क्वालिटी(एसटी) र कम गुणस्तरीय अलैँचीलाई चलनचल्तीको मापन(सीसी)मा वर्गीकरण गरिएको छ । आर्थिक वर्ष ०७५/७६ मा ५२ लाख ४० हजार तीन सय २९ किलो अलैँची निर्यात भएकामा आव ०७६/७७ मा ५० लाख १२ हजार छ सय ९४ किलो निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ । आव ०७५/७६ मा चार अर्ब २८ करोड ४१ लाख ९९ हजार रूपैयाँको अलैँची निर्यात भएकामा गत आव ०७६/७७ मा चार अर्ब एक करोड ९२ लाख १४ हजार रूपैयाँको मात्र निर्यात भएको तथ्यांकले देखाउँछ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया