हृदयचन्द्र स्मृति सम्मान बराल र गोपालप्रसाद रिमाल पुरस्कार भट्टराईलाई

काठमाडौं ।
यस वर्षको हृदयचन्द्र स्मृति सम्मान वरिष्ठ समालोचक डाक्टर ऋषिराज बराल र गोपालप्रसाद रिमाल पुरस्कार साहित्यकार शार्दूल भट्टराईलाई प्रदान गरिएको छ । शनिबार साहित्य सदनले राजधानीमा गरेको एक कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समालोचक प्राध्यापक डाक्टर राजेन्द्र सुवेदीले बराल र भट्टराईलाई सम्मान गरेका हुन् । हृदयचन्द्र स्मृति सम्मानको राशी २५ हजार तथा गोपालप्रसाद रिमाल पुरस्कारको राशी २० हजार रहेको छ ।
कार्यक्रममा आख्यानकार नारायण ढकालले पुरस्कृत स्रष्टाद्वयको साहित्यिक योगदानका बारे समीक्षा गरेका थिए । सोही अवसरमा अतिथिगणबाट साहित्यकार बसन्त रिजालको पहिलो कविता संग्रह ‘ब्युँझिएपछि’को विमोचन गरिएको थियो । साहित्यकार डाक्टर विदुर चालिसेले विमोचित कृतिको समीक्षा गर्दै रिजालका कविता प्रगतिशील चेतले भरिपूर्ण रहेको टिप्पणी गरे ।
ताजा अपडेट
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
- मार्च १ देखि भारतमा दोस्रो चरणको खोप अभियान
- हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
- हरेक चारदेखि पाँच हप्तामा एप्पलले खरिद गर्छ कम्पनी
- पेट्रोलियम पदार्थको राजनीतीकरण एवं सुरक्षा
- समृद्धिका लागि युवाशक्तिको सही परिचालन
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया