
काठमाडौँ ।
‘नेपाल जब फेयर २०२१’ राजधानीमा सुरु भएको छ । रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तर्क्रिया गर्ने लक्ष्यसहित बिहीबारदेखि जब फेयर (रोजगार मेला) राजधानीमा सुरु भएको हो ।
जब फेयरको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका छन् । कार्यक्रममा नेपालले जब फेयर २०२१ जागिर चाहने र रोजगारी दिन तयार रोजनगारदाताहरुका लागि उपयुक्त थलो बन्ने बताए । मन भित्रैबाट मुलुकको विकासको चाहना राख्ने हो भने विकास असम्भव नरहेको बताउँदै उनले बाहिर मात्रै चाहना राख्दैमा केही नहुने बताए । उनले सरकारप्रति लक्षित गर्दै भने, ‘ताप्केको बिँड तातेर केही हुँदैन ।
माछा पाक्न ताप्के नै तात्नुपर्छ तर नेपालमा ताप्के तात्दै तात्दैन, कसरी तताउने भन्ने नै अहिलेको मुख्य समस्या हो ।’ उनले अगाडि थपे, ‘जसको ह्रदयमा विशालता हुँदैन, आत्मकेन्द्रित चिन्तन हावी हुन्छ, समस्याबारे अवगत भएर पनि विश्लेषण गरी समाधानतर्फ अग्रसरता देखाइँदैन समस्या यसैबाट गहिरिँदै जान्छ, अहिले भएको पनि यही हो ।’ आफूले मुलुकमा सामाजिक न्यायसहितको समृद्धिको परिकल्पना गरेको भन्दै नेपालले मिठो कुराले मात्रै युवामा आशा नजाग्ने भएकोले परिणामले जगाउनुपर्ने बताए ।
कार्यक्रममा रोजगार विज्ञ प्रा.डा. रमेशप्रसाद कोइरालाले स्वदेशमा रोजगार सिर्जना गर्नका वैदेशिक लगानी आवश्यक रहेको बताए । त्यसका लागि द्विपक्षीय लगानी संरक्षण तथा प्रवर्द्धन सम्झौता (बिप्पा) तथा दोहोरो कर मुक्ति सम्झौता (डीटीएएजस्ता कानुनी प्रावधानमा सरकार स्पष्ट हुन जरुरी रहेको उनको भनाइ थियो । अर्थ–राजनीतिक विश्लेषक हरि रोकाले अहिलेकै अवस्था रहिरहे मुलुक भयानक मन्दीतर्फ जानसक्ने चेतावनी दिए । कमजोर सरकारी खर्च, त्यसबाट उत्पादनमा ह्रास, वस्तुको मागमा कमी र पुनः रोजगारीमा कटौतीपछि मुलुक मन्दिको दुश्चक्रमा फस्ने उनको चेतावनी छ । यथास्थितिकै संरचनाबाट परिवर्तन सम्भव नरहेको उनले बताए ।
त्यस्तै, पूर्वाधार विकासका जानकार तारा पौडेलले कृषि, पर्यटन, ऊर्जा, उद्योग, वैदेशिक रोजगारी नेपालको विकासका लागि सम्भावना भएका क्षेत्र रहेको बताए । यिनै क्षेत्रको विकासबाट नेपालमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ । पूर्वडीआईजी केशव अधिकारीले मुलुकभित्र देखिएका अपराधका मुख्य कारण बेरोजगारी रहेकोले यसतर्फ बेलैमा सोच्नुपर्ने औँल्याए । एस्पायर नेपालको आयोजनामा मुलुकमै पहिलोपटक सुरु भएको नेपाल जब फेयर आगामी शनिबारसम्म चल्नेछ । जब फेयरले व्यावसायिक र पारदर्शी मानव संशाधन अभ्यासको सूत्रपात गर्ने लक्ष्य लिएको छ ।
जब फेयरमार्फत प्रविधिका माध्यमले युवा उद्यमशीलताको विकास गर्ने तथा मानव संसाधन क्षेत्रलाई थप गतिशील र विश्वसनीय बनाउने विश्वास लिइएको छ । जब फेयरमा एक सयभन्दा बढी रोजगारदाताको सहभागिता रहेको छ । जब फेयर अवधिभर १ सय ५० भन्दा बढी अन्तर्वार्ता सेसन सञ्चालन हुनेछन् । जसबाट ३ हजारभन्दा बढीको रोजगारी सुनिश्चित हुने अपेक्षा गरिएको छ ।
‘नेपालमा रोजगारदाता र बेरोजगार युवाबीच ठूलो ग्याप छ, त्यो ग्यापलाई पूरा गर्न हामीले पहिलोपटक नेपाल जब फेयर २०२१ आयोजना गरेका हौंँ’, नेपाल जब फेयरका भाइस प्रेसिडेन्ट प्रमोश अधिकारीले भने, ‘जब फेयरमार्फत बेरोजगार युवाले पनि रोजगारदाता कम्पनीसमक्ष खुलेर आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुहुनेछ भने रोजगारदाता कम्पनीहरुले पनि आफूलाई अहिले आवश्यक र भविष्यमा चाहिने जनशक्तिको छनोट गर्नुहुनेछ ।’ जब फेयरले मानव संसाधनका क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा र रचनात्मक अभ्यासको सिर्जना गर्ने अपेक्षा लिइएको छ ।
ताजा अपडेट
- अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु-याउने प्रस्तावमा सहमति जुटेन
- भारतले यो वर्ष अहिलेसम्मकै धेरै परिमाणमा गहुँ र चामल उत्पादन गर्ने
- बंगलादेशलाई अतिकम विकसित देशबाट माथि लैजान राष्ट्रसंघीय समितिको सिफारिस
- भारतको ओमेगा सेइकीले बंगलादेशमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने
- ट्रेडमार्क संरक्षण गर्ने म्याड्रिड सिस्टममा जोडियो पाकिस्तान
- खानेपानी व्यवस्थापन तथा संरक्षणको महत्व
- सीप हातमा रोजगारी साथमा
- बजार परिसुचक २४ सय ७४ अंकमा
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया