Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसातौँ महिला उद्यमी सम्मेलन

सातौँ महिला उद्यमी सम्मेलन


काठमाडौं ।
नेपाल युवा उद्यमी मञ्चले सातौँ महिला उद्यमी सम्मेलन–२०२१ काठमाडौँमा सम्पन्न गरेको छ । सम्मेलनमा १ सय ५० भन्दा बढीको सहभागिता थियो । विगत सात वर्षदेखि माघको पहिलो हप्ता कार्यक्रमको आयोजना हुँदै आएको थियो । यस वर्ष पनि विश्वव्यापी महामारीका कारण भर्चुअल माध्यमबाट सम्मेलनको आयोजना गरिएको थियो ।

लक्ष्मी बैंक लिमिटेडको प्रायोजनमा भएको सम्मेलन ‘वुमन हु इन्सपायर : इन द टाइम अफ क्राइसिस, लुक्स फर अपरचुनिटिज’ भन्ने नाराका साथ आयोजना गरिएको थियो । त्यसैगरी कार्यक्रमको स्पोन्सर तथा ज्ञान पार्टनर अन्तर्राष्ट्रिय श्रम संगठन, कारखाना, डिजाइन पार्टनर एक्ट ३६०, प्रविधि पार्टनर भायानेट र भुक्तानी पार्टनर इ–सेवा रहेका थियो । यस कार्यक्रमले महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्दै आएको छ ।

यस कार्यक्रममा जम्मा भएको रकम पछि दिदी फाउन्डेसनलाई हस्तान्तरण गरिनेछ । कार्यक्रममा, उद्यमी, श्रमिक महिला, विभिन्न व्यवसायीहरुलगायत विभिन्न विज्ञहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानलमा छलफलको लागि आमोको तर्फबाट आयुषा श्रेष्ठ, बियुटी बारबाट इच्छा कार्की, वाइल्ड अर्थ नेपालको तर्फबाट क्यारोल दनहम र लिटल इन्जिनियरको तर्फबाट राना इल केमाइटिली रहेका थिए । कार्यक्रमको प्रस्तोता मिस युनिभर्स–२०१८, मनिता देवकोटा थिइन् । यसैगरी यस कार्यक्रममा नेपालका विभिन्न उदीयमान संस्थाहरु, खानपिन, स्विट फिक्स, अजिसलगायत वर्कहव जस्ताको सहभागिता थियो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी सञ्चालक माधव प्रसाद ढुङगेलले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न नेपालको हरेक क्षेत्रमा महिलाको सहभागिता हुनुपर्ने बताए । साथै अन्तर्राष्ट्रिय श्रम संगठनका संयोजक प्रकाश शर्माले महिला उद्यमीहरुले कोभिड–१९ को बेला भोग्नुपरेको चुनौतीहरु र नीतिबारे व्याख्या गर्दै महिला उद्यमीहरुलाई प्रोत्साहन दिँदै सम्मेलनको समापन गरेका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया