कोरोनाबाट विदेशमा मात्र तीन सय १९ जना नेपालीको निधन

बीरगञ्ज ।
कोरोना भाइरसको संक्रमणबाट हालसम्म विदेशमा मात्र तीन सय १९ जना नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशका विभिन्न २० देशमा बसोबास गर्दै आइरहेको नेपालीहरूको कोरोनाका कारण ज्यान गएको हो ।
पछिल्लो सातामा थप २ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ । संघका अनुसार पछिल्लो साता यूकेमा एक जना र साउथ अफ्रिकामा एक जनाको निधन भएको हो । संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार पाँच सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ तीमध्ये ५२ हजार नौ सय ४५ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।
समितिका अनुसार यो साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ । यस्तै संघले ब्रिटेन र दक्षिण अफ्रिकामा देखापरेको कोरोना भाइरसको नयाँ स्वरूप (कोरोना भाइरस भेरियन्ट)विरूद्ध अहिले बजारमा आएका खोपहरू प्रयोग गर्न सकिने जनाएको छ । स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएन्टेकलगायतका भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरसको विरूद्धमा प्रभावकारी हुने देखाएको हो ।
आत्महत्या रोकथामसम्बन्धी विशेष भर्चुअल कार्यशाला
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीमा मनोरोग बढ्न थालेपछि संघअन्तर्गतको वैदेशिक रोजगार र कल्याण विभागले आत्महत्या रोकथामसम्बन्धी विशेष भर्चुअल कार्यशाला आयोजना गरेको छ । विभागका अनुसार हालसम्म तीन कार्याशाला सम्पन्न भइसकेको छ । सो कार्यशालामा मनरोग विशेषज्ञ डा. विजय ज्ञवाली र डा. रञ्जन थापाले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए । विशेषतः मध्यपूर्व, मलेसियालगायत मुलुकका नेपालीले सहभागिता जनाएका थिए ।
ताजा अपडेट
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
- मार्च १ देखि भारतमा दोस्रो चरणको खोप अभियान
- हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
- हरेक चारदेखि पाँच हप्तामा एप्पलले खरिद गर्छ कम्पनी
- पेट्रोलियम पदार्थको राजनीतीकरण एवं सुरक्षा
- समृद्धिका लागि युवाशक्तिको सही परिचालन
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया