Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअल्का अस्पताल १५औं वर्षमा

अल्का अस्पताल १५औं वर्षमा


काठमाडौं ।
ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल १५औँ वर्षमा प्रवेश गरेको छ । अस्पताल २०६२ साल फागुन ३ गतेदेखि सञ्चालनमा आएको थियो । ‘बिरामीहरुको उपचार राख्न हामी ख्याल गर्छौ’ भन्ने नारासहित कुमार थापाले सञ्चालनमा ल्याएको अल्का अस्पताललाई स्वास्थ्य मन्त्रालयले १४ वर्षअघि अनुमति दिएको थियो । हाल अल्का अस्पतालमा सय शय्या रहेको छ ।

‘मलाई हिजोजस्तो लाग्छ अस्पताल सञ्चालनमा ल्याएको १४ वर्ष बितिसकेछ’, अस्पतालका सञ्चालक तथा अध्यक्ष कुमार थापाले भने, ‘यहाँसम्म आइपुग्न हामीलाई सेवाग्राही, अस्पतालका चिकित्सक र कर्मचारीहरुको ठूलो योगदान छ ।’ अस्पतालकी कार्यकारी निर्देशक विद्या थापा श्रेष्ठले सेवाग्राहीहरुलाई सहज र सरल रुपमा उपचार दिन अल्का अस्पताल सबल र सक्षम रहेको बताइन् । अस्पतालका सीओओ दिपेन्द्र पोखरेलले बिरामीहरुको उपचारमा कुनै कमजोरी हुन नदिने बताए ।

कोरोना महामारीका बेला अल्का अस्पतालले अग्रपंक्तिमा खटेर बिरामीहरुको सेवामा जुटेको थियो । अल्का अस्पतालले उपचारमा भित्रिएका नयाँ–नयाँ प्रविधिहरु भित्र्याएर विरामीहरुलाई सेवा दिदैँ आइरहेको जनाएको छ । अस्पतालमा सुविधासम्पन्न एनआईसीयू कक्षका साथै टेष्ट ट्यु्व बेबी सेवा, प्रसुति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटु रोग, तथा यसका सम्पूर्ण परीक्षण पनि अस्पतालमा हुँदै आएको छ ।

नशा, बाथ रोग, यौन तथा छालारोग, ग्यास्ट्रोलोजी, रेडियोलोजी, आँखा, नाक, कान घाँटी, दाँत रोग, युरोलोजिष्ट, कलेजोरोग, एनेस्थेसिया विशेषज्ञहरुबाट अस्पतालले बिरामीहरुलाई सेवा दिइरहेको छ । १५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अस्पतालले यस वर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरेको छ भने असहायहरुलाई खाद्यान्न वितरण गरेको छ । वार्षिक उत्सवमा अल्का अस्पतालले निःशुल्क बाथरोगसम्बन्धी शिविर पनि आयोजना गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया