Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजथाभावि बाटो काटेमा २० मिनेट ट्राफिक सचेतना कक्षा लिनुपर्ने

जथाभावि बाटो काटेमा २० मिनेट ट्राफिक सचेतना कक्षा लिनुपर्ने


काठमाडौं, पुस २९
पैदलयात्रीले ट्राफिक नियम उल्लंघन गरेर जथाभावि बाटो काटेमा २० मिनेट ट्राफिक सचेतना कक्षा लिनुपर्ने भएको छ । पैदलयात्रीले जेब्राक्रसबाट बाटो नकाटेमा, आकाशे पुल प्रयोग नगरेमा मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लंघन गर्नेले जस्तै ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा लिनुपर्ने भएको हो ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालका अनुसार पैदलयात्रीले बाटोमा हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरे त्यस्ता बटुवालाई समातेर २० मिनेटको कक्षा लिनुपर्ने व्यवस्था सोमबारदेखि सुरु गरेको बताए । उनका अनुसार सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ, साथै उनीहरूकै माध्यमबाट घर–घरमा सचेतनाको लागि पर्चा पम्पलेटसमेत वितरण गरिनेछ ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले ट्राफिक नियम पालना नगरी जेब्राक्रस र आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रीलाई ट्राफिक नियमबारे सचेतना कक्षा हाललाई भोटाहिटी र वीर अस्पतालअगाडि सञ्चालन गरेको जानकारी दिए । अन्य स्थानहरूमा पनि यो अभियान सञ्चालन हुने उनले बताए । ट्राफिक प्रहरीले समाते भने कक्षा नलिई आफ्नो काममा पैदलयात्री जान पाउने छैनन् ।

ट्राफिक प्रहरीले सोमबार मात्रै करिब एक हजार पैदलयात्रीलाई सचेतना कक्षा दिएको छ । ट्राफिक प्रहरीले उपत्यकामा दुर्घटनामा पैदलयात्रीको धेरै ज्यान जान थालेपछि नै ‘ट्राफिक उज्यालो अभियान’अन्तर्गत पैदलयात्री सुरक्षा अभियान नै सञ्चालन गरेको हो । उपत्यकाको ट्राफिक व्यवस्थापन तथा पैदलयात्रीले जथाभावि वाटो काट्दा हुने सवारी जाम हटाउनको लागि पनि यो अभियान प्रभावकारी देखिन्छ । यस आर्थिक वर्ष मात्रै उपत्यकामा ७६ मध्ये ३२ जना पैदलयात्रीको सवारी दुर्घटनामा ज्यान गएको छ । गत वर्ष भने दुई सय ५४ मध्ये ९३ जना पैदलयात्रीको सवारी दुर्घटनामा ज्यान गएको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया