Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधवैदेशिक रोजगारीबाट फर्किएकालाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र उद्यमी राष्ट्रिय पुरस्कार प्रदान

वैदेशिक रोजगारीबाट फर्किएकालाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र उद्यमी राष्ट्रिय पुरस्कार प्रदान


काठमाडौँ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा काम गरी फर्केका नौ जना युवाहरुलाई बिहीबार उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र उद्यमी राष्ट्रिय पुरस्कार वितरण गरेको छ । उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनेमा तिलोतमा–२ जानकीनगर रुपन्देहीका शिव पराजुली तथा उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनेमा भने रोहिनी–४ औरहवा, रुपन्देहीका भुदुर प्रसाद थारु, ग्रामथान–५, मोरङका सनोज कुमार माझी, मादी–११, कास्कीका भोजराज पुवाली, धरान–५, सुनसरीका धनबहादुर राई, सिलिचोङ–२, संखुवासभाका शम्भुजित राई, कावासोती–१५ नवलपरासीका गोविन्द नन्द महत्तो, सरावल–५, नवलपरासीका चुरामणी चौधरी र मेचीनगर–९ झापाका ज्ञानेन्द्र सम्वाहाम्फे रहेका छन् ।

सम्मानित भएका पराजुलीले सूर्या इन्डस्ट्रिज प्रालि, थारुले चौधरी फर्निचर उद्योग, माझीले ग्राम थान कृषि फर्म, पुवालीले थुमाकोडाँडा पशुपालन फर्म, राईद्वयले डीआर एस कृषि फर्म, महतोले युनिटी सिमेन्ट सामग्री उद्योग, चौधरीले लुम्बिनी कृषि फर्म, सम्वाहाम्फेले कुम्मायक एग्रिकल्चर फर्म प्रालि सञ्चालन गर्दै आएका छन् । श्रममन्त्री गौरीशंकर चौधरीको उपस्थितिमा भर्चुअल माध्यमबाट गरिएको पुरस्कार वितरण कार्यक्रममा सम्मानित हुनालाई एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।

उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारको राशीफल एक लाख रुपैयाँ र उद्यमी राष्ट्रिय पुरस्कारको राशीफल ५० हजार रुपैयाँ प्रदान गरिएको हो । मन्त्री चौधरीले आगामी दिनमा सरकारले यस प्रकारको स्वदेशमै श्रम सीप र पुँजी परिचालन गरी हुनसक्ने रोजगारी सिर्जना र आयमूलक काममा प्रोत्साहन मिलोस् भनी उद्यमीलाई सम्मान र पुरस्कारको व्यवस्था गरी प्रवद्र्धनात्मक काम गरेको बताए । मन्त्रालयले विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यस्थापन कार्यविधि, २०७६ बमोजिम उद्यमी राष्ट्रिय पुरस्कारको लागि उद्यमीहरुको छनौट गरिएको थियो । उक्त पुरस्कारका लागि गत माघ २८ गते आवेदन माग गरिएकोमा ८५ वटा आवदेन प्राप्त भएका थिए ।

उपसचिव एवं सहप्रवक्ता देवेन्द्र कार्कीले कार्यविधिमा उल्लेखित सातवटा छनौटका आधारहरु क्रमशः रोजगारी सृजना, पुँजी लगानी, स्थानीय स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यात गरेको अवस्था, सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यस्थापन, उद्योग सञ्चालन गरेको भौगोलिक क्षेत्रका आधारमा आवेदकहरुबाट छनौट गरी उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मान गर्ने निर्णय गरिएकोमा सोही आधारमा सम्मान गरिएको बताए । कार्यविधिमा उल्लिखित सातवटा छनौटका आधारहरु क्रमशः रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यात गरेको अवस्था, सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यस्थापन, उद्योग सञ्चालन गरेको भौगोलिक क्षेत्रका आधारमा आवेदकहरुबाट उद्यमीहरु छनौट गरी पुरस्कृत गरिएको थियो । भर्चुअल माध्यमबाट गरिएको कार्यक्रम मन्त्रालयका महाशाखा प्रमुख, मूल्यांकन तथा सिफारिस समितिका सदस्य, पत्रकार तथा छनौट भएका उद्यमीहरु सहभागी थिए ।


क्याटेगोरी : बिबिध


तपाईको प्रतिक्रिया