
मोरड., पुस २९
मोरङ व्यापार संघ र उद्योग संगठन मोरङका महिला उद्यम समितिले मोरङ र सुनसरी जिल्लाका महिला उद्यमीहरुलाई भेला गरी एक दिवसीय ‘महिला उद्यमसम्बन्धी अन्तर्क्रियात्मक तालिम’ कार्यक्रम आयोजना गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ र न्यू बिजनेस एज प्रालिको सम्झौताअनुरुप नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यका रुपमा रहेका मोरङ व्यापार संघ र उद्योग संगठन मोरङका महिला उद्यम समितिहरुको संयुक्त प्रयासमा सोमबार उक्त अन्तर्क्रियात्मक तालिम कार्यक्रम सञ्चालन गरिएको हो ।
मोरङ व्यापार संघको महिला उद्यम विकास समितिकी कार्यवाहक संयोजक साधन झा र उद्योग संगठन मोरङको महिला उद्यम समितिकी संयोजक सन्तोष जैनको सभापतित्वमा आयोजित कार्यक्रमको विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले उद्घाटन गरेकी थिइन् ।
अन्तर्क्रियात्मक तालिम कार्यक्रममा महिला उद्यमशीलताको प्रवद्र्धन, विकास एवं सहजीकरण गराउने विषयवस्तु समेट्दै महिला उद्यमीहरुलाई व्यवसाय सञ्चालन गर्ने प्रारम्भिक प्रक्रियाहरु, सञ्चालन गर्दा देखा पर्ने व्यावसायिक जटिलताहरु, तीनका निराकरणका उपायहरु, व्यवसायसँग सम्बन्धित विभिन्न निकायहरु आदि विभिन्न व्यावसायिक जानकारीहरुबारे अन्तर प्रेरणा प्रालिका सीईओ निरज खनालले प्रस्तुति दिएका थिए ।
ताजा अपडेट
- अर्बपति बिल गेट्ससँग २ लाख ४२ हजार एकड जमिन
- चीनको खानीमा फसेका श्रमिक छ दिनपछि जीवितै रहेको संकेत भेटियो
- चीनले पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर बनायो
- किन घटेन रेमिट्यान्स आय ?
- जनसङ्ख्या व्यवस्थापनमा चुनौती
- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अब अनलाइनबाटै ‘अपोइन्टमेन्ट’
- वृज सिमेन्टद्वारा नेपाल स्टारका सिद्धान्त खड्कालाई आवास निर्माणमा सहयोग
- टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक
धेरैले पढेको
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- विद्यार्थीलाई न्यानो कपडा वितरण
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- निःशुल्क स्वास्थ्य शिविर
- डिजिटल नेपाल र शिक्षा क्षेत्र
- लिवाङको आर्मी ब्यारेक परिसरमा ग्लोबल आईएमई बैंकको एटीएम सेवा
- सडकलाई स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराउनैपर्ने सरकारको निर्णय
- अंग्रेजी नयाँ वर्षमा कालिञ्चोकमा १० हजार पर्यटक
तपाईको प्रतिक्रिया