Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधस्वास्थ्य केन्द्रका लागि निःशुल्क जग्गा प्रदान

स्वास्थ्य केन्द्रका लागि निःशुल्क जग्गा प्रदान


स्याड.जा ।
पालिकाको माताहातमा रहने गरी पुतलीबजार नगरपालिका–४, नागडाडामा बन्न लागेको आधारभूत स्वास्थ्य केन्द्रका लागि निःशुल्क जग्गा हस्तान्तरण गरिएको छ । सोही स्थानका सेतीदेवी पोखरेल र चुडामणि पोखरेलले पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीलाई जग्गाधनी प्रमाण पुर्जा हस्तान्तरण गरी जग्गा उपलब्ध गराएका हुन् ।

जग्गाधनी प्रमाणपुर्जा ग्रहण गर्दै नगरप्रमुख क्षेत्रीले जग्गा उपलब्ध गराएकोमा द्वोय पोखरेललाई धन्यबाद व्यक्त गरिन् । नगरप्रमुख क्षेत्रीले प्राप्त जग्गामा भवन निर्माण गरी स्थानीयहरूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा उपलब्ध गराइने बताइन् । सोही अवसरमा जग्गा दाताद्वोय पोखरेललाई क्षेत्रीले खादा लगाई सम्मान गरेकी थिइन् । आधारभूत स्वास्थ्य केन्द्रका लागि निःशुल्करूपमा स्थानीय चुडामणि पोखरेलले १० आना ३ दाम र सेतीदेवी पोखरेलले २ आजा ३ दाम जग्गा उपलब्ध गराएका हुन् ।

उनीहरूले मालपोत कार्यालयबाट आधारभूत स्वास्थ्य केन्द्रका नाममा पास गरी उक्त जग्गा उपलब्ध गराएको पुतलीबजार नगरपालिका–४ का वडा अध्यक्ष ओमबहादुर खड्काले जानकारी दिए । जग्गा हस्तान्तरण कार्यक्रममा उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, ओजना अधिकृत ताराचन्द्र ढकाल, वडा अध्यक्ष ओमबहादुर खड्का र सूर्याेदय क्लबका अध्यक्ष तथा समाजसेवी अनन्त कुमार श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया