Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमजदुरले पाँच महिनादेखि पारिश्रमिक पाएनन्

मजदुरले पाँच महिनादेखि पारिश्रमिक पाएनन्


महेन्द्र शाही
सोलुखुम्बु, माघ ९
सोलुकरिडोरका मजदुरले ५ महिनादेखि पारिश्रमिक नपाएको गुनासो गरेका छन । करिडोरअन्तर्गतको उदयपुर कटारी क्षेत्रमा काम गरेका मजदुरले काम गरेको पाँच महिनादेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् । करिडोरको ४३ नम्बर पोलमा काम गरेका ४३ जना मजदुरले सात लाख बढी पारिश्रमिक पाउन बाँकी रहेको बताएका छन् । पीडितमध्येका कैलाश खड्काले आफ्नो एक लाख २१ हजार रुपैयाँ पाउन बाँकी रहेको बताए ।

पारिश्रमिक नपाउँदा दशैँ, तिहारजस्ता चाडपर्व मनाउन समस्या भोगेका मजदुरले अझै पनि पारिश्रमिक पाउन आशामा बसिरहेका छन् । काम लगाउने ठेकेदारको मृत्यु भएपछि श्रमिकले पारिश्रमिक नसकेको मजदुर कैलाश खड्काले जानकारी दिए । जाडो, घाम पानी नभनेर काम गरिएको र अहिले पारिश्रमिक नपाउँदा दुःख लागेको मजदुरको भनाइ छ । यस विषयमा प्रहरीकोमा उजुरी गरिएको भए पनि कुनै न्याय पाउन नसकेको उनीहरुले बताएका छन् । प्रहरीले समेत ठेक्केदारको मृत्युपछि पारिश्रमिक पाउने आधार नभएको बताएपछि मजदुर निराश बनेका छन् ।

श्रम गरेर गुजारा चलाउनुपर्ने मजदुरले पारिश्रमिक नपाउँदा दैनिकी कष्टकर भएको अर्का मजदुर टेक प्रसाद खनालको भनाइ छ । यता सगरमाथा निर्माण कम्पनीका पेटी ठेकेदार सुरेन्द्र ढकालले श्रमिकहरु सम्पर्कमा नै नआएको बताएका छन् । उक्त निर्माणको जिम्मा सुरेन्द्र ढकालबाट मृतक प्रकाश केसीले लिएको बताइएको छ । उक्त निर्माणकार्य एकपछि अर्को हुँदै तीन जना ठेकेदारकोमा पुगेकाले मजदुर पीडित बन्नपुगेका हुन् । मृतक प्रकाशले निर्माण कम्पनीबाट १७ लाख २० हजार रकम बुझिसके पनि मजदुरसम्म पुग्न नसकेको ढकालको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया