Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्रसिद्ध भीमेश्वर मन्दिरको मूर्ति चोरी

प्रसिद्ध भीमेश्वर मन्दिरको मूर्ति चोरी


दोलखा । नेपालकै प्रसिद्ध धार्मिक स्थलको रूपमा रहेको दोलखाको भीमेश्वर मन्दिरमा बुधबार राति मूर्ति चोरी भएको छ । मन्दिरअगाडि प्रवेशद्वारमा दायाँबायाँ खोपा बनाएर राखिएको पुराना दुईवटा सरस्वतीको मूर्ति चोरी भएको हो ।

गएराति करिब ११ः३० बजेको समयमा मुख तथा शरीरमा सेतो फेटा बाँधेर एक नकाबधारी व्यक्तिले सरस्वतीको मूर्ति चोरी गरेको दृश्य मन्दिर छेउमा जडान गरिएको सीसीटीभीमा कैद भएको पाइएको प्रहरीले जनाएको छ । सीसीटीभीमा मूर्ति चोरले फलामको गल प्रयोग गरेर खोपाबाट मूर्ति झिकेर लगेको भिडिओ तथा तस्बिरमा देखिएपछि प्रहरीले थप अनुसन्धान थालेको छ ।

भीमेश्वर मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार २०५२ सालमा मन्दिरको गेट बाहिरपट्टि दायाँबायाँ दुईतिर धर्मावलम्बीको स्वागतको लागि सरस्वतीको मूर्ति राखिएको थियो । उक्त मूर्ति चोरी भएको हो । भीमेश्वर मन्दिर देशकै प्रसिद्ध मन्दिर भएकाले दैनिक भक्तजनको भीड लाग्ने गर्छ । कोरोना महामारीको समयमा समेत गेट बाहिरबाटै दर्शन गर्न दैनिक दर्जनौं भक्तजन मन्दिर पुग्ने गरेका थिए ।

भीमेश्वर मन्दिरको छुट्टै महत्त्व रहेकाले बेलाबेला चर्चामा समेत आउने गरेको छ । मन्दिरभित्र रहेको सिलामा पसिना आउने गरेकाले पनि भीमेश्वर मन्दिर देशकै प्रसिद्ध र चर्चित धार्मिक स्थलको रूपमा लिने गरिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया