Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमहिलालक्षित कार्यक्रम सञ्चालन गर्दै परोपकार साकोस

महिलालक्षित कार्यक्रम सञ्चालन गर्दै परोपकार साकोस


काठमाडौं । जिल्लाको सदरमुकाम चरीकोटमा रहेको परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाले महिलाहरूलाई उत्पादनशील तथा आत्मनिर्भर बनाउन महिलालक्षित कार्यक्रम सञ्चालन गर्नेभएको छ । सहकारीको शनिबार सम्पन्न दशौँ वार्षिक साधारणसभामा संस्थाकी अध्यक्ष सर्मिला सापकोटाले महिला तथा बालबालिकालक्षित कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताइन् ।

नेफ्स्कुनका सञ्चालक सदस्य जिवसराज खड्काको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा उनले एकल महिला तथा वृद्ध महिलाहरूको सहारा परोपकार महिला साकोस भएको बताइन् । सहकारीले एकल र वृद्ध महिलालाई नगद भत्ता वितरण गर्दै आएको छ । साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन संस्थाकी सचिव अप्सरा चौलागाईंले प्रस्तुत गरेकी थिइन् । त्यसैगरी कुल १२ करोड ३५ लाख ७० हजार पाँच सय १९ रूपैयाँबराबरको आर्थिक प्रतिवेदन संस्थाको कोषाध्यक्ष श्रृजना न्यौपानेले सभामा प्रस्तुत गरेकी थिइन् । उनका अनुसार संस्थाको सेयर पुँजी एक करोड २३ लाख १६ हजार रूपैयाँ पुगेको छ भने खुद नाफा २० लाख २४ हजार दुई सय ५९ रूपैयाँ पुगेको छ ।

त्यसैगरी सभामा संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक जानकी सापकोटाले प्रस्तुत गरेकी थिइन् । महिलाहरूको सक्रियतामा १० वर्षअघि स्थापना भएको यस सहकारीका एक हजार सात सय ५१ जना सेयर सदस्य रहेका छन् । संस्थाले उत्कृष्ट दैनिक ऋणकर्ताको रूपमा सेयर सदस्य रोशिका श्रेष्ठलाई सम्मान गरेको छ । यस्तै संस्था ज्येष्ठ सदस्य राजमाया श्रेष्ठ, उत्कृष्ट सेयरकर्ता इन्दिरा श्रेष्ठ, उत्कृष्ट मासिक बचतकर्ता स्वस्थानी बुढाथोकी, दैनिक बचतमा जगतकुमारी श्रेष्ठ, उत्कृष्ट बाल बचतकर्ता प्रजा बस्नेत र उत्कृष्ट कर्मचारीमा प्रमिला बस्नेतलगायतलाई सम्मान गरेको छ ।

त्यसैगरी शनिबार नै सदरमुकाम चरीकोटमा रहेको गौरीशंकर बहुउद्देश्यीय सहकारी संस्था र पौरखी सहकारीले पनि आफ्नो साधारणसभा सम्पन्न गरेका छन् । गौरीशंकर बहुउद्देश्यीय सहकारीले नौ करोड ७३ लाख १९ हजार सात सय ८८ रूपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो २२औँ साधारणसभा सम्पन्न गरेको हो । यस्तै भीमेश्वर नगरपालिकामै रहेको पौरखी कृषि सहकारील १६ करोड ८९ लाख ७६ हजार सात सय ९३ रूपैयाँबराबरको अर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आफ्ना १२औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया