Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोना त्रास घट्दै

कोरोना त्रास घट्दै


दोलखा । कोरोना संक्रमण दर घटेसँगै पछिल्ला दिनमा जिल्लामा चहलपहल बढेको छ । पहिलो र दोस्रो लहरको कोरोना भाइरसले त्रसित बनेका यहाँका नागरिकहरू कोरोनाको खोप लगाएर सबै आफ्नो काममा फर्किन थालेका छन् ।

खोपले मानिसको आत्मबल समेत बढाउने गरेकोले नागरिकहरूमा खोप लगाउने उत्साह पनि देखिएको चरीकोट अस्पतालका डाक्टर देवेन्द्र गौतम बताउँछन् । कोरोनाका बिरामीले भरिभराउ हुने चरीकोट अस्पतालमा अहिले एक जना पनि बिरामी छैनन् । भीमेश्वर नगरपालिकाका रामकुमार भुजेल लामो समयपछि खोप लगाउन पाएकाले आफूलाई थप सुरक्षित महसुस भएको बताउँछन् । ‘समयमै खोप लगाउन पाइयो, अब पहिलेको जस्तो कठिन अवस्था छैन’, उनले भने, ‘कोरोना सामान्य देखिए पनि मास्क सेनिटाइजरको प्रयोग गर्न छाड्नु हुँदैन ।’ जिल्लाका ९ वटै स्थानीय तहहरूमा अहिले १८ वर्षभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप लगाउने अभियान तीव्ररुपमा सञ्चालन गरिरहेका छन् ।

दोलखामा हालसम्म कुल जनसंख्याको करिब ६५ प्रतिशत मानिसले कोरोनाविरुद्धको खोप लगाइसकेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले बताए । उनका अनुसार पछिल्लो समय जिल्लामा संक्रमण दर अत्याधिक न्यून रहेको छ । लामो समय कोरोनाले प्रभावित बनेका जिल्लाका विद्यालय सुचारु भएका छन् भने, पर्यटन सम्भावना बोकेका कालिन्चोक, जिरी, शैलुङलगायतका ठाउँमा चहलपहल बढेको छ । जिल्लाभित्र सभा समारोह, खेल तथा मनोरञ्जनका क्रियाकलाप समेत आयोजना हुन थालेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया