Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमतदाता नामावली र मतदान केन्द्र स्वीकृत

मतदाता नामावली र मतदान केन्द्र स्वीकृत


काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली र मतदानकेन्द्र स्वीकृत गरेको छ । राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुँदै छ । उक्त निवर्वाचनको लागि आयोगले पाँच सय ३२ जना प्रदेशसभा सदस्यहरू र एक हजार चार सय ९३ जना गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू गरी दुई हजार २५ जनाको मतदाता नामावली बिहीबार स्वीकृत गरेको हो ।

यसैगरी आयोगले यस निर्वाचनका लागि प्रदेश नं. १ मा दुईवटा मतदानकेन्द्र र अन्य छवटा प्रदेशमा एक/एकवटा मतदानस्थलभित्र दुई/दुईवटा मतदानकेन्द्र रहने गरी आठवटा मतदानस्थलमा १४ वटा मतदानकेन्द्रहरू तोकिएका छन् । आयोगका अनुसार प्रदेश नं. १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिका प्रमुख तथा उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर र प्रदेशसभा सदस्यहरूका लागि बाली संरक्षण प्रयोगशाला, विराटनगरमा मतदानस्थल तोकिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x