Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशन माघ ८ गतेदेखि

नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशन माघ ८ गतेदेखि


काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनको आठौ महाधिवेशन माघको ८ देखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ । यस्तै आठौँ महाधिवेशनको सम्पूर्ण तयारी सकिएको युनियनले जनाएको छ । महाधिवेशनअन्तर्गत सम्पूर्ण जिल्ला, केन्द्रीय सचिवलाय तथा विभागीय अधिवेशनहरु सम्पन्न भइसकेर मतदाताको नामावलीलाई अन्तिम रुप दिने काम भइरहेको युनियनले जनाएको छ ।

कोरोना महामारी ह्वात्तै बढेको अवस्थामा युनियनको महाधिवेशनमाथि प्रश्न उठिरहेका बेलामा युनियनको वर्तमान नेतृत्व सरकारसँग अनुमति लिएर स्वास्थ्य मापदण्ड कडाइका साथ अपनाएर आफ्नो आठौँ महाधिवेशन गर्न लागेको हो । युनियनका उपमहासचिव दुर्गा फुयाँलले महाधिवेशनमा सहभागि युनियनकर्मीलाई कसरी सुरक्षित रुपमा महाधिवेशनमा सहभागि गराउने भन्ने विषयमा छललफल भइरहेको बताए । उनले सरकारसँग अनुमति लिएर महाधिवेशन तोकिएको समयमा नै गराउने स्पष्ट पारे ।

कोरोनाको संक्रमण बढेपछि सरकारले आउदो माघ १२ गते सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन गर्दै छ । त्यस्तै माघ ७ गते इन्जिनियर्स एसोसिएसनको पनि महाधिवेशनका लागि मतदान हुँदै छ । लामो समय रोकिएको इन्जिनियर्स एसोसिएसन महाधिवेशनको मतदान माघ ७ गतेका लागि तोकिएको छ ।

त्यस्तै एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको समेत महाधिवेशन माघको १४ गतेदेखि १६ गतेसम्म हुँदै छ । निजामती कर्मचारी युनियनको महाधिवेशन माघमा तोकिएकै समयमा गर्नै पर्ने बाध्यता भएकाले कुनै पनि हालतमा नरोकिने बताइएको छ । युनियनको वर्तमान कार्यसमितिको म्याद चैतसम्म मात्र भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर यही मितिमा महाधिवेशन गर्ने तयारी गरिएको हो ।

अहिले लकडाउनकै अवस्था नभएको र पछाडि अझ कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा लकडाउन भएमा युनियनको वैधानिकतामाथि प्रश्न उठ्ने भएकाले पनि युनियनको वर्तमान नेतृत्व समयमा नै महाधिवेशन गराउनलागेको उपमहासचिव दुर्गाप्रसाद फुँयालले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया