Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभीआई कलेजको ब्राण्ड एम्बेस्डरमा नायिका सिवाकोटी नियुक्त

भीआई कलेजको ब्राण्ड एम्बेस्डरमा नायिका सिवाकोटी नियुक्त


काठमाडौं । भिक्टोरियन इन्स्टीच्युट अफ एजुकेशन (भिआई) सिड्नीको ब्रान्ड एम्बेस्डरमा नायिका बर्षा सिवाकोटी नियुक्त भएकीछन । संस्थाले यसै साता काठमाडौको होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलन गरी नायिका सिवाकोटीलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरीएको जानकारी गराएको हो ।

उक्त कलेज अष्टे«लियाको सिड्नीमा रहेको र पछिल्लो समय कलेजलाई ठुुलो संख्यामा नेपाली बिद्यार्थीहरुलाई अध्यापन गराईरहेको उक्त संस्थाका सञ्चालक राजेशराज जोशीले बताए । ‘हामी नेपाली बिद्यार्थीलाई अध्यापन मात्र गराउदैनौ, बिद्यार्थीहरुलाई अष्टे«लिया बसाई र अध्ययनका व्रmममा आवस्यक पर्ने सबै कुराहरुमा सैद्धान्तिक र व्यवहारिक ज्ञान पनि दिन्छौं’, सञ्चालक जोशीले भने ।

उनकै भनाईमा सर्मथन जनाउँदै उक्त संस्थाका अर्को सञ्चालक मन के.सी. ले पनि आम नेपाली बिद्यार्थीहरुको नजिक भएर काम गरे कै कारण पछिल्लो समय नेपाली बिद्यार्थीहरुको रोजाईमा भिआई पहिलो नम्वरमा पर्न सफल भएको बताए । ‘शिक्षा त सबै कलेज शैक्षिक संस्थाहरुले दिन्छन, तर हामी त्यो भन्दा फरक शैलीमा आम नेपाली बिद्यार्थीको लागि आवस्यक पर्ने सबै किसिमको जानकारी दिन्छौै, जसले नेपाली बिद्यार्थीहरुको अष्टे«लिया बसाई र अध्ययनलाई सहज, सरल, परिणाम मुखी बनाउँछ’, सञ्चालक के.सी. ले भने ।

उक्त समारोहमा ब्राण्ड एम्बेसडर नियुक्ती भएकी नायिका सिवाकोटीले पनि नेपाली बिद्यार्थीहरुको अष्टे«लिया बसाई र अध्ययनलाई सहज बनाउन काम गरिरहेको भिआईलाई अझै राम्रो गर्न शुभकामना दिईन । ब्राष्ड एम्बेसडर नियुक्त भएसंगै आफु पनि अब भिआईमा जोडिएकाले अबका दिनहरुमा सिंगो टिम मिलेर यसलाई अझै राम्रो बनाउने उनले बताईन ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया