Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगुडिरहेको गाडीलाई ढुंगाले किच्दा तीन जनाको मृत्यु

गुडिरहेको गाडीलाई ढुंगाले किच्दा तीन जनाको मृत्यु


सोलुखुम्बु । ओखलढुंगामा गुडिरहेको बोलेरो जिपलाई माथिबाट झरेको ढुंगाले किच्दा तिन जना यात्रुको ज्यान गएको छ । ज्यान गुमाउनेमा सिद्धिचरण नगरपालिका १ का सात वर्षीया युनिषा कोइराला, १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गोबिन्दराज काफ्लेका अनुसार जीपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन् । सिद्धिचरण नगरपालिका ३ मा सडक निर्माण गर्दै गरेको डोजरले आइतबार बिहान ९ बजे माथिबाट लडाएको ढुंगाले सडकमा गुडिरहेको को १ ज ३५६९ नंबरको बोलेरोलाई किचेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये देवबहादुर श्रेष्ठ र सञ्जीव श्रेष्ठलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको डीएसपी काफ्लेले बताए । जिल्लाको गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरोलाई नारायणस्थलको सोतीभीरमा डोजरले निकालेको ढुंगा पल्टिएर किच्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया