दोलखाका ३३ हजार भूकम्पपीडितले बुझे घर निर्माणको प्रमाणपत्र
दोलखा । जिल्लाका ३३ हजार भूकम्पपीडितले निजी आवास निर्माण सम्पन्न गरेको प्रमाणपत्र बुझेका छन् । हालसम्म ३३ हजार तीन सय ६० जना भूकम्प पीडितले निर्माण सम्पन्न गरेको प्रमाणपत्र लिएका हुन् ।
दोलखामा पुस मसान्तसम्म ६६ हजार दुई सय ६१ वटा निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ को विनाशकारी भूकम्पले दोलखामा कुल ७३ हजार पाँच सय ९९ वटा घरमा क्षति गरेको थियो । निर्माण सम्पन्न भएका घरमध्ये ३३ हजार तीन सयले मात्रै राज्यले दिने निर्माण सम्पन्नताको प्रमाणपत्र बुझेका छन् । अझै ३२ हजार तीन सय ३३ लाभग्राहीले भने निर्माण सकेर पनि प्रमाणपत्र लिएका छैनन् । भूकम्प गएको सात वर्ष बितिसक्दा पनि जिल्लामा पुनर्निर्माणको काम सकिएको छैन ।
पुनर्निर्माणको काम सकिन अझै केही समय लाग्ने देखिएको छ । हाल जिल्लामा तीन हजार चार सय घर निर्माणको चरणमा रहेका छन् । त्यसैगरी तीन हजार नौ सय ३८ वटा घरको पुनर्निर्माण हुन् बाँकी रहेको छ । आवास पुनर्निर्माणसम्बन्धी समष्टिगत विवरणको तथ्यांकअनुसार सुरुमा घर पहिचान भएका लाभग्राहीको संख्या ५१ हजार नौ सय ४० रहेको थियो । त्यसैगरी गुनासो फछ्र्यौटपछि थप भएका लाभग्राही संख्या १८ हजार नौ सय ९१ जना छन् भने प्रबलीकरण लाभग्राही संख्या २६ सय ६८ गरी जम्मा ७३ हजार पाँच सय ९९ सय जना भूकम्पपीडित लाभग्राही सूचीमा परेका थिए ।
त्यसैगरी दोलखामा अनुदान सम्झौता गर्ने भूकम्पपीडित घरधुरीको संख्या ६९ हजार आठ सय ७५ जना रहेको छ । अनुदान सम्झौता गरेकामध्ये पहिलो किस्ता लिने लाभग्राहीको संख्या ६९ हजार छ सय ६१, दोस्रो किस्ता लिनेको संख्या ६७ हजार सात सय ३२ र तेस्रो किस्ता लिनेको संख्या ६६ हजार दुई सय ६१ रहेको छ । जिल्लामा निजी आवास निर्माणका लागि २० अर्बभन्दा बढी निकासा भइसकेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया