Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलुक्लामा डेढ सय पर्यटक अलपत्र

लुक्लामा डेढ सय पर्यटक अलपत्र


सोलुखुम्बु । मौसम प्रतिकूूलताका कारण सोलुखुम्बुको लुक्लामा करिब डेढ सय पर्यटक अलपत्र परेका छन् । मौसमका कारण नौ दिनदेखि तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा जहाजले उडान भर्न नसक्दा काठमाडौं फर्किने करिब एक सय ५० जना पर्यटक अलपत्र परेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयका प्रमुख द्ववारीका अछामीका अनुसार निरन्तर मौसम प्रतिकूल हुँदा गत आइतबारदेखि जहाजले उडान भर्न सकेको छैन । निरन्तर रूपमा मौसम प्रतिकूल हुँदा सबै उडान तालिकाहरू रद्द भइरहेको प्राधिकरणले जनाएको छ । यस्तै मौसम प्रतिकूलताका कारण लुक्लामा जहाजले उडान भर्न नसकेपछि विदेशी पर्यटकहरू सदरमुकाम सल्लेरीमा देखिन थालेका छन् । तेन्जिङ हिल्लारी विमानस्थलको सबै उडानहरू रद्द हुन थालेपछि केही पर्यटकहरू लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाडौँ जान थालेका हुन् । केही दिनयता सल्लेरीबाट गाडीमार्फत काठमाडौँ जाने विदेशी यात्रुहरू बढेको यातयात व्यवसायीहरूले बताएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया