Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधहुण्डी कारोबारमा संलग्न चार जनाविरुद्ध मुद्दा दायर

हुण्डी कारोबारमा संलग्न चार जनाविरुद्ध मुद्दा दायर


काठमाडौं । राजस्व अनुसन्धान विभागले गैरकानूनीरुपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनाविरुद्ध मुद्धा दायर गरेको छ ।

विभागले नुवाकोट ककनी–३ का नवराज ढुङ्गाना र फणिन्द्रप्रसाद ढुङ्गाना, नुवाकोट भिरकोटगढी–११ का सुवासजङ्ग पाण्डे र नुवाकोट ककनी स्थायी घर भई जापानमा रहेका प्रज्ज्वल ढुङ्गानाविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

केही समय पहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत बालाजूको संयुक्त प्रहरीको टोलीले नवराज ढुङ्गानालाई स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँ सहित पक्राउ गरेको थियो । उनले उक्त पैसाको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीविरुद्ध अनुसन्धान अगाडी बढाएको थियो ।

अनुसन्धानको क्रममा जापानमा रहेका प्रज्वल ढुंगनानाले सुवासजंग पाण्डेलाई र सुवासजंगले नवराज र फडिन्द्रलाई उक्त रकम दिएको खुलेको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया