Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधतिहार नजिकिएसँगै सोलुमा तामाको डालीको व्यापार दोब्बरले बढ्यो

तिहार नजिकिएसँगै सोलुमा तामाको डालीको व्यापार दोब्बरले बढ्यो


सोलुखुम्बु । चेली र माइतीबीच सद्भावको चाड तिहार नजिकिएसँगै सोलुखुम्बुमा तामाका डालीको व्यापार दोब्बरले बढेको छ । तिहारमा उपहार दिन तामाबाट बनेको डाली खरिद गर्नेको संख्या बढेको व्यापारीहरूले बताएका छन् । तिहारमा भाइटीकापछि माइतीले चेलीलाई उपहारस्वरूप तामाको डाली दिने चलन बढेसँगै व्यापारमा वृद्धि भएको सल्लेरीका सुब्बे विश्वककर्माले बताए ।

सोहीअनुसार जिल्ला सदरमुकामस्थित नयाँ बजार, नेले बजार, पत्ताले बजार, नेचा बिहीबारेलगायतका साप्ताहिक हाटहरूमा डाली खरिद गर्नेहरू बढेको व्यापारीहरू बताउँछन् । तामाको डाली सोलुुमै निर्माण हुने भएकाले पछिल्लो सयम यसको महत्व बढिरहेको सल्लेरीका व्यापारी हर्कजित घिमिरेले बताए । विगतमा डाली उपहार दिने चलन कम भए पनि केही वर्षयता उपहारको रूपमा डाली दिने चलन बढ्दै गएको उनको भनाइ छ । जिल्लामा नै विश्वकर्मा समुदायहरूले हातले नै तयार गर्ने तामाको ढाली अहिले कर्मचारीहरूको समेत रोजाइ बन्न थाएको छ । जिल्लामा काम गर्ने कर्मचारीहरू तिहारमा घर जाँदा कोसेली तथा उपहारको रूपमा लैजान धमाधम खरिद गरिरहेका छन् ।

सल्लेरीका व्यापारी रमन बहादुर विश्वकर्माले भने, ‘हामी साप्ताहिक हाटहरू नयाँ बजार, नेले बजार, तिङ्ला रमिते, पत्तालेमा तामाको भाडाहरू बेच्न लैजान्छौँ । तामाका सामानहरू बिहेको सिजनमा बढी बिक्छ तर यतिखेर तिहारले गर्दा डाली नै धेरै बिकीरहेको छ, हामीले यहाँ बनाएका डालीहरू त काठमाडौंदेखि तराई र पश्चिमसम्म पुग्छ, कर्मचारीहरूले किनेर लान्छन् ।’ यहाँ निर्मित तामाको डाली पछिल्लो समय सोलुको चिनोको रूपमा परिचित छ । काठमाडौंलगायतका स्थानहरूमा पनि मेसिनको प्रयोग गरी अहिले डाली निर्माण गर्न थालिए यहाँ बुट्टाहरू हातले नै निर्माण गर्ने भएकाले क्रेताको रोजाइ हातबाट नै निर्मित सामग्रीमा पर्नेगरेको व्यापारीहरू बताउँछन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया