Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध४५औँ इफाप्का सम्मेलनमा भाग लिन महासंघ प्रतिनिधिमण्डल माले प्रस्थान

४५औँ इफाप्का सम्मेलनमा भाग लिन महासंघ प्रतिनिधिमण्डल माले प्रस्थान


काठमाडौं । एसियाली तथा पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय संगठन, इफाप्काको ४५औँ सम्मेलनमा भाग लिन नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल माल्दिभ्सको राजधानी माले प्रस्थान गरेको छ ।

महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा रहेको ६४ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार माले प्रस्थान गरेको हो । प्रतिनिधिमण्डलमा महासंघका पूर्वअध्यक्ष, पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू र अन्य निर्माण व्यवसायीहरू रहेका छन् । सम्मेलनको समाप्तीसँगै इफाप्का अध्यक्षको कार्यभार नेपालले सम्हाल्ने र ४६औँ सम्मेलन पनि अर्को वर्ष काठमाडौंमा हुने भएकाले माले सम्मेलन नेपालका लागि महत्वपूर्ण भएको अध्यक्ष सिंहले बताए । ‘संरक्षणसहित निर्माण अझ सुन्दर विश्व बनाऔँ’ भन्ने नारासहित ४५औँ इफाप्का सम्मेलनपश्चात महासंघका अध्यक्ष सिंहले इफाप्का अध्यक्षको कार्यभार सम्हाल्नेछन् ।

त्यस्तै महासचिवको भूमिकामा महासंघका सल्लाहकार विरेन्द्र पाण्डे रहनेछन् । ४६औँ इफाप्का सम्मेलन अबको १२ देखि १८ महिनाभित्रमा ‘दिगो पूर्वाधारमा साझेदारी’ भन्ने नारासहित काठमाडौंमा आयोजना हुँदैछ । सन् १९५६ मा स्थापना भएको इफाप्कामा हाल नेपाल निर्माण व्यवसायी महासंघसहित १९ राष्ट्रका निर्माण संगठनहरू आबद्ध छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x