हिमपात नहुँदा सोलुका किसान चिन्तित हिमाल काला पहाडमा परिणत हुँदै
सोलुखुम्बु । समयमा हिमपात तथा वर्षा नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका किसानहरू चिन्तित बनेका छन् । बितेका वर्षहरूमा मंसिर/पुसमा नै हिमपात हुने जिल्लामा यसवर्ष माघ लागिसक्दा पनि हिउँ नपर्दा डाँडापाखा तथा हिमालहरू कालो पहाडमा परिणत हुँदैै गएको छ भने बालीनाली सुक्न थालेका छन् ।
यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यसवर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमिजस्ता भएका छन् । हिउँले ढाकिएका जमिनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्नाले बाली फस्टाउने यहाँका किसान बताउँछन् । तर यसवर्ष हिउँ नपर्दा बाली सुक्न थालेको छ भने डाँडाकाँडा उजाड लाग्दा बन्दै गएको लिखुपिके गाउँपालिका ५ का कामी छिरी शेर्पाले बताए । जिल्लाको माथिल्लो क्षेत्रमा गएको वर्ष पुस लाग्न नपाई हिमपात भएको थियो । तर यसवर्ष माघमा समेत हिमपात नहुँदा चिस्यान नहुने आलु, उवा, गहुँजस्ता बाली बारीमै सुक्न थालेको किसान बताउँछन् । हिँमपात नहुँदा बारी सुक्खा बन्दै गएको छ भने लगाइएको बालीहरू सुक्दै गएको माप्यदुधकोशी गाउँपालिका ५ की हस्तकला राईले बताइन् । बितेका वर्षहरूमा मंसिर सुरु नहुँदै सोलुखुम्बुको अधिकांश डाँडाकाँडा हिउँले सेताम्मे हुन्थ्यो । चारैतिर सेता हिमाल टल्किन्थे । केही वर्षयता भने हिउँ कम पर्न थालेको छ ।
यसपालि हिमपात नहुँदा सेता हिमाल कालापत्थरमा परिणत भएको छ । यहाँका हिमालहरू कालो पहाडमा परिणत हुँदै गएको छ भने मौसम समेत तातो हुँदै गएको सोलुदुधकुण्ड नगरपालिका ३ का मिङमार शेर्पाको अनुभव छ । समयमा हिमपात नहुँदा खुम्बु क्षेत्रबाट देखिने सेताम्मे हिमालहरू समेत कालो बन्दै गएको स्थानीय ङिमा शेर्पाले बताइन् । याममा परेको हिउँले बाली सप्रने भए पनि माघ लागिसक्दा समेत हिउँ नपर्दा किसान चिन्तित भएका हुन् । हिउँ पर्ने समयमा हिउँ नपर्नु र मौसम समेत तातिँदै जाँदा यहाँका नागरिकहरू अच्चमित बनेका छन् । बन जंगलको तीव्र फँडानी, विभिन्न हानिकारक ग्यासहरूको उत्सर्जनलगायतका कारण जलवायुमा परेको असरले वातावरणमा यी परिवर्तनहरू देखापरेको वातावरणविद् राजन थापाले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया