काठमाडौं । हिमाल सफाइ अभियानमा जुटेको नेपाली सेनाको एक टोलीले अन्नपूर्ण हिमाल आरोहण गर्न सफल भएको छ । सह–सेनानी सुमन पाण्डेको नेतृत्वमा रहेको सेनाको टोलीले सोमबार बिहान ८ः ५५ मिनेटमा आठ हजार ९१ मिटरको विश्वको दशौँ अग्लो हिमालको चुचुरोमा पुग्न सफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
टोलीमा प्यूठ् मानसिंह चौधरी, सिपाही नवराज राना, सिपाही ज्ञानेन्द्र डाँगी, मुख्य पथप्रदर्शक छिरिङ जङ्बु शेर्पासहित पाँच शेर्पा सहयोगी छन् । जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुरुप नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत सेनाको अगुवाइमा वार्षिकरुपमा हिमाल सफाइ अभियान सञ्चालन भइरहेको छ । यसवर्ष सगरमाथा, ल्होत्से, वरुञ्चे र अन्नपूर्ण हिमाल सफाइ भइरहेको छ । सगरमाथा र ल्होत्से हिमालका लागि प्रमुख सेनानी किशोर अधिकारी नेतृत्वको १३ जनाको टोली दोस्रो आधार शिविरमा पुगेको छ । बरुञ्चे हिमाल सफाइ टोली उक्त हिमालको आधार शिविर पुग्ने क्रममा छ । ती टोली हिमाल सफाइ कार्यलाई थप प्रभावकारी बनाउन आफूलाई हिमाली वातावरण अनुकूल तुल्याउन विभिन्न क्रियाकलापमा जुटेका छन् । यसवर्ष सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट करिब ३५ टन फोहर संकलन गर्ने लक्ष्य छ ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 9
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया