Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशभेडीगोठ लेकतिर लैजान थालियो

भेडीगोठ लेकतिर लैजान थालियो


सोलुखुम्बु । चिसो छल्न बेँसीतिर झारिएका सोलुखुम्बु र ओखलढुंगाका भेडीगोठहरू लेकतिर लैजान थालिएको छ । गर्मी सुरु भएसँगै भेडीगोठ लेकतिर लैजान थालिएको हो । कार्तिक महिना लागेपछि लेकमा हिमपातका कारण चरिचरणमा समस्या हुने भएकाले भेडीगोठ बेँसी झारिएको ओखलढुङगाका भेँडापालक किसान डोलबहादुर गुरुङले बताए ।

उनका अनुसार भेडीगोठ वैशाख पहिलो साताबाट नै लेकतिर लैजान सुरु गरिएको थियो । अहिले बेँसीमा अन्नबाली लगाउने सिजन भएको तथा घाँससमेत सकिँदै गएकाले गोठ स्थानान्तरण गर्न सुरु गरेको उनले जानकारी दिए । किसानहरूले वर्षेनि कार्तिक मध्यदेखि चैतसम्म बेँसीमा र बाँकी समय लेकमा गोठ लैजाने गर्दछन् । भेडाले धेरै चिसो पनि सहन नसक्ने र गर्मीसमेत सहन नसक्ने भएकाले समय अनुकुल लेक र बेँसीमा गोठ सार्ने गरिएको किसान बताउँछन् । यद्यपि विगतको तुलनामा पछिल्लो समय भेँडापालन व्यवसाय गर्नेको संख्या क्रमिक रूपले घट्दै गएको छ ।

अहिले भेँडाको ऊनको माग कम हुने, युवा जनशक्ति विदेशिने, सामुदायिक वनमा भेडीगोठ राख्नमा कडिकडाउ गरिएको कारण भेँडापालन व्यवसाय घट्दै गएको किसानको भनाइ छ । भँेडापालन व्यवसायलाई तीनै तहका सरकारले कम महत्वका साथ हेर्दा गुरुङ समुदायको पुख्र्यौली पेसाको रूपमा परिचित भेँडापालन पछिल्लो समय संकटमा परेको भन्दै किसानहरू चिन्तित बन्ने गरेका छन् ।

सोलुखुम्बुको जुबु, मैदेल, ओखलढुंगाको रुम्जाटार लगायतका क्षेत्रका गुरुङ समुदायले व्यावसायिक रूपमा भेँडापालन गर्दै आएका थिए । तर पछिल्लो समय सीमित व्यक्तिहरूले मात्रै पेसालाई निरन्तरता दिन सकेको रुम्जाटारकी निलम गुरुङले बताइन् ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया