Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारललितपुर–१ का ८० प्रतिशत घरधुरीमा कम्पोस्ट विन

ललितपुर–१ का ८० प्रतिशत घरधुरीमा कम्पोस्ट विन


ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १ कोपुन्डोल क्षेत्रमा कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सकिने कम्पोस्टविन वितरण गरिएको छ । वडामा रहेका एक हजार एक सय ५० घरधुरीमध्ये करिब ८० प्रतिशत घरमा कम्पोस्टविन वितरण गरिएको हो ।

घरको जैविक फोहोरबाट कम्पोस्ट मल बनाएर प्रयोग गर्न सकून् भन्ने उद्देश्यले कार्यक्रम कार्यान्वयनमा ल्याएको वडा कार्यालयले जनाएको छ । वडा सदस्य हरिहर तन्डुकारका अनुसार कम्पोस्टविन वितरण कार्यक्रम दुई वर्षअघिदेखि नै सुरु गरिएको हो । कम्पोस्टविनको व्यवस्थित प्रयोगले फोहोरलाई मोहरमा परिणत गर्न सकिने उनले बताए । कम्पोस्टविन वितरणले वातावरणमैत्री स्वच्छ र सफा वडा निर्माण गर्ने कार्यमा टेवा पुर्याउने उनको भनाइ छ । यस कार्यक्रमलाई यस वर्ष शतप्रतिशत सम्पन्न गर्ने उनले जानकारी दिए । ललितपुर महानगरपालिका १ का वडा अध्यक्ष निर्मल तण्डुकारले एक घर एक कम्पोस्टविन अभियान नै सुचारु गरी वितरण गरिएको र यसले कौशीखेती गर्नमा समेत प्रोत्साहित गरेको बताए । यसमा उत्पादित मललाई करेसाबारीमा प्रयोग गरी विभिन्न जातको तरकारी फलाउन सकिन्छ ।


क्याटेगोरी : पालिका समाचार, महानगर
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया