Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकाजिरी नगरपालिकाका सबै योजना सम्झौता

जिरी नगरपालिकाका सबै योजना सम्झौता


दोलखा । जिल्लाको जिरी नगरपालिकाले चालू वर्ष वितरण गरेका सबै योजनाको सम्झौता गरिसकेको जनाएको छ । नगरले चालू आर्थिक वर्षका लागि नौ वटा वडामा एक सय ९४ वटा योजना वितरण गरेको थियो । वितरण गरिएका सबै योजनाहरू सम्झौतापश्चात कार्यान्वनमा गइसकेको जिरी नगरपालिका नगरप्रमुख मित्र जिरेल बताए ।

उनका अनुसार नगरपालिकाले वडा नम्बर–१ मा १५ वटा योजना वितरण तथा सञ्चालन गरेको थियो भने वडा नम्बर–२ मा १७ वटा, वडा नम्बर–३ मा २१, वडा नम्बर–४ मा २५, वडा नम्बर–५ मा २२ वटा योजना वितरण गरेको थियो । त्यसैगरी वडा नम्बर–६ मा १५, वडा नम्बर–७ मा १३, वडा नम्बर–८ मा सबैभन्दा बढी २९ वटा र ९ मा २५ वटा गरी एक सय ९४ वटा योजना वितरण गरेको थियो । नगरले चालू वर्षको असोजमा योजना सम्झौता गर्न घुम्ती सेवा शिविर सञ्चालन गरेको जनाएको छ ।

उक्त योजनाहरूमध्ये एक सय ५२ वटा योजनाको निर्माण सम्पन्न भई अन्तिम भुक्तानी समेत दिइसकेको नगर उपप्रमुख कृष्णमाया बुढाथोकीले बताइन् । नगरले चालू वर्ष पूर्वाधार विकास तर्फ १५ करोड दुई लाख ५६ हजार बजेट विनियोजन गरेमा तीन करोड ४८ लाख ५४ हजार रकम बराबरको योजनाको काम सम्पन्न गरेको जनाएको छ । नगरको हालसम्मको वित्तीय प्रगति भने २३ दशमलव ५६ प्रतिशत मात्रै रहेको छ । यस्तै, नगरपालिकाको आन्तरिक आम्दानीको स्रोत समेत न्यून रहेको नगरले जनाएको छ ।

नगरले चालू आर्थिक वर्ष २०८०/८१ मा ५६ करोड ४६ लाख २३ हजार बजेट ल्याएको थियो । उक्त बजेटमध्ये हालसम्म २४ करोड १४ लाख ५६ हजार खर्च भएको पाइएको छ । जिरीले हालसम्म करिब ४२ दशमलव ७६ प्रतिशत बजेट खर्च गरेको हो । नगरले आइतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर चालू वर्षका योजना तथा अनुदान कार्यान्वयन तथा वित्तीय प्रगति सार्वजनिक गरेको थियो ।


क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया