धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पानीको अभाव भएपछि दमकलबाट पानी वितरण गर्न थालिएको छ । अत्यधिक गर्मीका कारण पानीको स्रोतको रुपमा रहेका चापाकल र अन्य पानीका स्रोत सुकेपछि दमकलले पानी वितरण गर्न थालिएको प्रमुख सुखदेव यादवले जानकारी दिए ।
प्रमुख यादवले नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने वडा नं ७ को हरिहरपुर, दुर्गाटोल र वडा नं ८ को दिगम्बरपुर गाउँमा पानी स्रोत सुकेको बताए । ती दुवै गाउँमा रहेको चापाकल सुकेर पानीको अभाव भएको छ । चापाकलमा पानी आउन बन्द भएका गाउँका बासिन्दालाई विगत एक सातादेखि बारुणयन्त्रको मद्दतले खानेपानी उपलब्ध गराइरहेको उनले राससलाई जानकारी दिए ।
नगरपालिकासँग खानेपानी ट्याङ्कर नभएकाले पानी वितरणका लागि बारुणयन्त्रलाई उपयोगमा ल्याइएको बताउँदै प्रमुख यादवले साँझ, बिहान र आवश्यकता अनुसार पानी उपलब्ध गराइरहेको बताए । उनले पानीको दीर्घकालीन समस्या समाधानमा समेत नगरपालिका जुटेको सुनाए ।
प्रमुख यादवले भने, “हरिहपुर दुर्गाटोलस्थित महादेव मन्दिर नजिक बिग्रेको अवस्थामा रहेको डिप ट्युवेल सञ्चालनमा ल्याउन मर्मत सम्भारको काम भइरहेको छ । त्यसलगायत सोही बस्तीमा रु बीस लाखको लागतमा एक थान नयाँ डिप ट्युवेल र तीन वटा इनार खन्ने योजना बनाएर काम भइरहेको छ ।”
त्यसैगरी, दिगम्बरपुरमा पनि खानेपानीको समस्या समाधान गर्न त्यहाँ रहेको खानेपानी योजना सञ्चालनमा ल्याउने काम भइरहेको प्रमुख यादवको भनाइ छ । दिगम्बरपुरमा पनि रु २० लाखको लागतमा नयाँ डिप ट्युवेल र चार वटा नयाँ इनार खन्न बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
हरिहरपुरका युवा विनोद यादवले जमिनमुनि पानीको जलस्तर तलहुँदै गएकाले पानीका स्रोत सुकेको बताए । उनले विगत केही वर्षदेखि सुख्खायाम सुरु भएसँगै यस क्षेत्रमा पानीका स्रोत सुक्ने गरेको बताउँदै पानीको दीर्घकालीन उपायको खोजीमा जुट्न यस क्षेत्रबाट निर्वाचित स्थानीय जनप्रतिनिधि, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यलाई आग्रह गरे ।
धनुषाको उत्तरी क्षेत्र क्षीरेश्वरनाथ, बटेश्वर, मिथिला, धनुषाधाम र गणेशमान चारनाथ नगरपालिकामा नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकल लगायतका पानीका स्रोत सुक्न थालेपछि पानीको सङ्कट बढ्न थालेको स्थानीयको भनाइ छ ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य घट्यो
- क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
- डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
- मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
- निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
- सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै
- मिडिया बचाउने गरी सुविधा दिन सरकारसँग माग, मिडियाका समस्या सम्बोधन हुन्छन् : प्रधामन्त्री
- प्रचण्ड–ओलीबिच छलफल सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया