शंखरापुर नगरपालिकाकी मेयरपत्नी महिला आयोगको सेफ हाउसमा
काठमाडौं,काठमाडौंको शंखरापुर नगरपालिकाका मेयर रमेश नापितकी श्रीमती सरिता महर्जन नापितलाई राष्ट्रिय महिला आयोगले सेफ हाउसमा राखेको छ । पति रमेशले महिला हिंसा गरेको भन्दै गत फागुन ८ गते सरिताले राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा उजुरी गरेकी थिइन् । सोही कारण आयोगले सेफ हाउमा राखेको हो ।
मेयर रमेश तथा मेयरपत्नी सरितालाई मंगलबार बयानको लागि बोलाएको महिला आयोगले मेयरपत्नी सरितालाई भने काठमाडौंको सिनामंगलस्थित शुभसमाचार सेवागृहमा पठाएको हो ।
दोस्रो विवाह गरेका मेयर नापित राप्रपाबाट मेयरमा चुनाव जितेका थिए । दुई छोराको बुबा समेत रहेका मेयर रमेशले आफ्नो दिदीसँग मिलेर पत्नी सरितालाई पुस २९ गतेदेखि घरमा नै बन्धक बनाएर राखेको तथा कुटपिट गरेको आयोगमा बुझाइएको उजुरीमा उल्लेख गरिएको छ ।
नापित परिवारसँग गत असार २४ गते मागी विवाह गरेकी सरिताले ठूलो परिवारसँग विवाह गर्दा समस्या पर्छ भनेर बिहे नगर्ने भन्दाभन्दै मेयर रमेशका दाजुभाउजु हरिकृष्ण र उर्मिलाले जबर्जस्ती विवाह गराएको र विवाहपश्चात् आफूले आमाजु सरस्वती नापित मेयर समेत रहेका पति रमेश र उनका पूर्वपत्नीपट्टिका छोरा राजेश नापितले शारीरिक, मानसिक तनाव दिएको, खान समेत नदिई कुटपिट गरी आफ्नो दाँतको बंगारासमेत झारेको, २÷३ लाख दिएर घरबाट निकाल्न खोजेको लगायत आरोप लगाएकी छिन् । रमेशको परिवारले भने उक्त आरोपको प्रतिवाद गर्दै आएको छ ।
क्याटेगोरी : नगरपालिका
ट्याग : #Page 1
ताजा अपडेट
- मिटरब्याज पीडितको समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गरिने
- हेटौँडाबाट–कुलेखानी–काठमाडौँ सडक मर्मतका लागि बन्द
- इटलीमा च्याटजीपीटीमाथि प्रतिबन्ध, तत्काल अनुसन्धान गरिने
- रसुवागढी नाका आजदेखि पुनः सञ्चालन
- बझाङमा बसको ठक्करबाट बालकको मृत्यु, घटनास्थल तनावग्रस्त
- राष्ट्रिय स्वतन्त्र पार्टीका तीन उम्मेदवारले के भने?
- डा.स्वर्णीम र अध्यक्ष रमेशलाई रास्वपामा स्वागत
- एमालेद्वारा चितवन र तनहुँमा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया