Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकासशस्त्र प्रहरीको गोदममा भएको आगलागी पूर्ण नियन्त्रणमा

सशस्त्र प्रहरीको गोदममा भएको आगलागी पूर्ण नियन्त्रणमा


काठमाडौँ । चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरीको गोदाम घरमा सोमबारसाँझ सुरु भएको आगलागी आज बिहानमात्रै पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।

गोदाममा लागको आगलागी मंगलबार बिहान करिब २ बजेतिरपूर्ण रुपमा नियन्त्रणमा आएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले राससलाई जानकारी दिए । उनले भने, “आगो आज बिहान करिब २ बजे पूर्ण नियन्त्रणमा आएको छ, हाम्रो केन्द्रीय कार्यालयस्थित भण्डार महाखाशामा रहेका कागजात र बिल हेरेर आगलागीबाट के कति क्षति भएको छ जानकारी हुने छ ।”

‘वाटर क्यानन’सहित सात वटा दमकल, स्काभेटर तथा एक हजारभन्दा बढी सुरक्षाफौज परिचालन गरी आगो नियन्त्रणमा लिइएको प्रवक्ता खड्काले बताए । उनका अनुसार आगलागी भएको उक्त गोदाममा सशस्त्र प्रहरीका बुटदेखि अन्य लत्ताकपडाका सामान राखिएको थियो । उक्त आगलागीका विषयमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बंशिराज दाहालको नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

प्रारम्भिक अनुसन्धानमा विद्युत् चुहावटबाट आगलागी भएको अनुमान गरिएको प्रवक्ता खड्काले बताए । उनका अनुसार सशस्त्र प्रहरी मुख्यालय हलचोकमा ठाउँ अभावका कारण अन्य आवश्यक बन्दोबस्तीका सामग्री उक्त गोदममै राख्ने गरिएको थियो । आगलागीपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सोमबार नै घटनास्थलमा पुगी आगलागी र त्यसबाट भएको क्षतिबारे जानकारी लिनुका साथै जाँच गर्न निर्देशन दिएका थिए ।


क्याटेगोरी : पालिका समाचार, नगरपालिका

तपाईको प्रतिक्रिया