‘म बनाउँछु रिब्दीकोट’अन्तर्गत ४० लाख रुपैयाँबराबरको श्रमदान
पाल्पाको रिब्दीकोट गाउँपालिकाले अगाडि सारेको ‘म बनाउँछु रिब्दीकोट’ कार्यक्रमअन्तर्गत ४० लाख रुपैयाँ बराबरको श्रमदान भएको छ । गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले यो कार्यक्रमले गाउँपालिकावासीमा भाइचारासमेत कायम राखेको बताए । श्रमदान केवल श्रममात्र नभएर आपसी सदभाव, स्थानिय विकास तथा स्वास्थ्यसँग पनि जोडिएको उनी बताउँछन् ।
पछिल्लो समयमा श्रमदानको परिपाटी अतिन्यून भएको भन्दै उनले अब क्रमिकरूपले श्रमदान स्वस्थ र समाजको लागि अपरिहार्य रहेछ भन्ने भावनाको विकास हुँदै गएको बताए । यद्यपि उनका अनुसार ग्रामीण क्षेत्रमा अझै पनि श्रमदान संस्कृति पूर्णरूपले हराएको छैन, तर शहरमा भने हराइसकेको छ ।
यस्तै, उनले यहाँको जनताको सामाजिक, आर्थिकस्तर उकास्नका लागि गाउँपालिकाले उच्चतम प्रयास गरिरहेको बताए । चालु आर्थिक वर्षमा यहाँका एक हजार आठ सय जनाभन्दा बढी नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिएको उनले जानकारी दिए । यसैगरी उनले गाउँपालिकाका जेष्ठ नागरिकहरूलाई लुम्बिनीको भ्रमण गराएर जीवन जिउने कला सिकाएको बताए । यस्तै, उनले कृषि उत्पादन वृद्धिका लागि कृषकलाई निःशुल्क तथा ५० प्रतिशत अनुदानमा बीउविजन, कृषि सामग्रीहरू पनि वितरण गरेको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल चालु आवमा गाउँपालिकाले करिब ६५ प्रतिशतभन्दा धेरै भौतिक प्रगति गरिसकेको बताउँछन् । चालु आर्थिक वर्षका लागि विनियोजित कुल ५५ करोड ५४ लाख ९३ हजार रुपैयाँमा चालुतर्फ ३५ करोड ५२ लाख रुपैयाँमा ५१ प्रतिशत खर्च भएको र पुँजीगततर्फको २० करोड दुई लाख रुपैयाँमा २५ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया