Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशजिल्ला प्रशासन सुनसरीद्वारा हरिनगर र देवानगञ्जमा निषेधादेश जारी

जिल्ला प्रशासन सुनसरीद्वारा हरिनगर र देवानगञ्जमा निषेधादेश जारी


इनरुवा (सुनसरी) । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाका वडा नं १ र ७ मा जिल्ला प्रशासन कार्यालय सुनसरीले अर्को सूचना जारी नभएसम्मका लागि निषेधादेश जारी गरेको छ । शुक्रबार दिउँसो १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधादेश जारी गरिएको कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा जनाइएको छ ।

कार्यालयले जारी गरेको सूचनामा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नभएसम्मका निषेधादेश जारी गरिएको उल्लेख छ ।

साथै अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामुहिक रुपमा गरिने सामाजिक धार्मिक राजनीतिक सभा, र्याली तथा प्रदर्शनमा रोक लगाइएको जनाइएको छ ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, कोशी प्रदेश

तपाईको प्रतिक्रिया